काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर यो वर्षकोभन्दा बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व आर्थिक आउटलुक सार्वजनिक गर्दे विश्व बैंकले आगामी वर्ष नेपालको अर्थतन्त्रमा सुधार हुनसक्ने प्रक्षेपण गरेको हो। आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत कायम हुनसक्ने प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्ष भने ३.९ प्रतिशतमै वृद्धिदर सीमित हुने बैंकको अनुमान रहेको छ। यसअघिको लामो सयम अवधिमा गरिएको मौद्रिक कडाइबाट अर्थतन्त्रले भर्खर गतिशीलता पाएको र आगामी वर्ष यसको प्रतिफल आउने बैंकको अनुमान छ।
क्षेत्रीय तथा विश्वव्यापी आर्थिक गतिविधिमा हुनसक्ने गतिविधिको प्रभाव पनि नेपालको अर्थतन्त्रमा पर्नसक्ने विश्व बैंकको विश्लेषण छ।