शनिबार, जेठ ५ गते २०८१    
images
images

इण्डुज फुड टेक - खाद्य तथा पेयपदार्थको नयाँ हब

नेपालसहित सय देशका २५ सयभन्दा बढी कम्पनी सहभागी

images
बुधबार, पुस २५ २०८०
images
images
इण्डुज फुड टेक - खाद्य तथा पेयपदार्थको नयाँ हब

प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधिसहितको अत्याधुनिक मेसिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ।

images
images

काठमाडौं- खाद्य तथा पेयपदार्थसम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी 'इण्डुज फुड टेक' भइरहेको छ। सोमबारबाट भारतीय सहर ग्रेटर नोयडामा सुरु भएको 'इण्डुज फुड टेक' मा नेपाल र भारतसहित सय देशका २५ सयभन्दा बढी कम्पनीहरु सहभागी छन्।

images
images
images

यो खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम हो। भारतसहित दक्षिण एसियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करिब ४५ जना उद्यमी व्यवसायीले भाग लिइरहेका छन्। 

images

इण्डुज फुड टेकमा महासंघका सदस्य वस्तुगत संघहरू नेपाल अलैची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन,नेपाल कफी व्यवसायी महासंघ, नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघमार्फत विभिन्न ७ वटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् भने अन्य नेपाली कम्पनीहरुको पनि सहभागिता रहेको छ। प्रदर्शनीमा नेपाली कफी, चिया, जडीबूटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरू छन्।

images
images

प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नविनतम प्रविधिको विस्तार, अन्तराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हबकोरूपमा हेरिएको छ।

images
images

प्रदर्शनीको सोमबार बिहान भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुनिल बर्थवालले उद्घाटन गरेका थिए भने वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रदर्शनीले भारतसहित सिंगो दक्षिण एसियालाई विश्व खाद्य चेनसँग जोड्ने दाबी गरे। यो प्रदर्शनीले दक्षिण एसियाको खाद्यान्नसम्बद्ध क्षेत्रमा आमूल परिवर्तन ल्याउने उनको भनाइ छ।

प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधिसहितको अत्याधुनिक मेसिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ। प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवर्द्धन परिषद्का तर्फबाट भारतीय वाणिज्य सचिव बर्थवालसँग सोमबारै प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसँग राखिएको भेटमा महासंघका उपाध्यक्ष ढकालले नेपाल र भारतबीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्टलगायतमा रहेका समस्या समाधानका लागि आग्रह गरे। उपाध्यक्ष ज्योत्सनाले निर्यात तथा आयातमा रहेका कठिनाइको सम्बोधन गर्न आग्रह गरिन्।

साथै महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूले फुड सेफ्टी एण्ड प्याकेजिङ एण्ड इमर्जिङ टेक्नोलोजीका विषयमा आयोजित व्यावसायिक बैठकमा भाग लिए। भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र भारतीय साना, मझौला तथा घरेलु मन्त्रालयको सहयोगमा भारतीय व्यापार प्रवर्द्धन परिषद्ले आयोजना गरेको इण्डुज फुड टेक बुधबारसम्म चल्ने छ।

इण्डुज फुड टेकमा सहभागिताबाट नेपालजस्ता मुलुकलाई खाना तथा खाद्य उद्योगमा आएको नविनतम प्रविधि, बजार प्रर्वद्धन, अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं नयाँनयाँ सोचलाई मुलुकभित्र ल्याउन सहयोग पुग्ने विश्वास महासंघको रहेको छ। सन् २०१८ बाट सुरु हुन थालेको यो प्रदर्शनीमा महासंघले नियमितरूपमा भाग लिँदै आएको छ।

प्रदर्शनीमा भागलिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासघको व्यापार मेला समितिका सभापति उमेश डालमिया, घरेलु तथा साना उद्योग समितिका सभापति नरेन्द्र कुमार खड्का, स्वास्थ्य तथा विपत व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल, मेला समितिका उपसभापति सविनलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्य केशव प्रसाद भण्डारीसहितको उद्यमी व्यवसायीको सहभागिता रहेको छ।


प्रकाशित : बुधबार, पुस २५ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend