बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

मदनभण्डारी लोकमार्गमा विवाद : ३३ मिटरअनुसारकै मुआब्जा माग 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
images
मदनभण्डारी लोकमार्गमा विवाद : ३३ मिटरअनुसारकै मुआब्जा माग 

जग्गा बिक्री वितरण गर्न र धितो राख्न नपाउने हो भने ३३ मिटरकै सडक विस्तार गरियोस् र आफूहरुलाई मुआब्जा दिइयोस् भन्ने उनीहरूको माग छ।

images
images

सिन्धुली- मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा बिहीबार सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएको छ। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो।

images
images

छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अबरोध नगरेको बताए। उनले भने, 'हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, फेरि अहिले के गरी सुरु भयो त्यो पनि जनतालाई थाहा छैन। यहाँ राज्यले जनतालाई झुक्याउने र छल्ने काम गरिरहेको छ।' 

images
images

अहिले ११ मिटर सडक विस्तार गर्ने भनिएको छ  तर राजमार्ग ११ मिटरको मात्र हुन्छ? उनले प्रश्न गरे। सडक ११ मिटरसम्म बनाउदा हामी खुसी छौँ तर सडकसँग जोडिएका जग्गाका नक्शापास गर्न र धितो राख्नका लागि बैंकले सकार्ने हो भने सडक निर्माणमा आफूहरुले अवरोध सिर्जना नगर्ने बताए। जग्गाामा घर बनाउन, बिक्री वितरण गर्न र धितो राख्न नपाउने हो भने ३३ मिटरकै सडक विस्तार गरियोस् र आफूहरुलाई मुअब्जा दिइयोस्  बम्जमको माग थियो।

images
images

यस्तै सविता कोइरालाले अधिकार प्राप्तिका लागि लडिरहेका व्यक्तिलाई समितिले जानकारी नै नदिइ कार्यक्रम गर्नु दुःखद भएको बताइन्। सर्वसाधारणलाई विकास विरोधिको विल्ला भिराउनुभन्दा उनीहरुका माग सम्बोधन राज्यले गर्नुपर्नेमा उनले जोड दिइन्। 

घर टहरा, जग्गा र फलफूलका बिरुवाको उचित मुअब्जा दिएर सडक विस्तार गर्नुपर्नेमा पनि स्थानीयवासी कोइरालाले जोड दिइन्। छलफलमा कल्याणी खड्काले आयोजना निर्माणमा पूर्व तयारी र छलफल नगर्दा वर्षैसम्म पनि आयोजना सम्पन्न नहुने प्रमुख कारण रहेको बताइन्। स्थानीयवासीसँग पर्याप्त छलफल गरेर आयोजना निर्माणका प्रक्रिया थालनी गर्नुपर्नेमा त्यसो नहुँदा विवाद बढ्नाका साथै निर्माणमा पनि ढिलाइ भएको उनको भनाइ थियो।  

सहरलाई मात्र सुविधा दिँदा र जनताको माग अनुसारका आयोजना सञ्चालन नगर्दा विवाद समाधानमै चुनौती रहेको र  भएको सहर बजार नै विस्तापित गर्नु दुःखद भएको सस्थानीयवासी  खड्काले  बताइन्।

बागमती प्रदेशसभा सदस्य प्रदीप कटुवाल, विनोद खड्का, नेकपा (एमाले) कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाली कांग्रेसका दीपक मिश्र, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्य पाख्रीनलगायतले स्थानीय जनताको भावना कदर गर्न सुझव दिएका थिए।

विकास निर्माणका कार्यमा लामो समयदेखिको अन्योल हटाउन र समस्या समाधानका लागि सहयोग गर्न स्थानीयवासीसँग उनीहरूले आग्रह गरेका थिए। आयोजनाले स्थानीयवासीसँग समन्वय नगरी सडक निर्माण गर्दा विवाद सिर्जना भएकाले अव विवाद छिटै समाधान गरिनुपर्ने ती प्रतिनिधिको भनाइ थियो।

मदन भण्डारी लोकमार्गको हेटौँडादेखि सिन्धुलीमाढीसम्म ११५ किलोमिटरमध्ये कमलामाई नगरपालिका क्षेत्रमा छ किलोमिटर सडक विस्तारमा वर्षौदेखि विवाद कायमै छ।

राजमार्गको १०२ किलोमिटर सडक कालोपत्र भइसकेको छ, भने अब एउटा पुल निर्माण गर्न बाँकी छ। स्थानीयवासीले सङ्घर्ष समिति नै गठन गरेर निर्माणकार्यमा अवरोध सिर्जना गर्दै आएका छन्। धुरा बजारदेखि खट्टारसम्म राजमार्ग विस्तार गर्दा मानव बस्ती नै विस्तापित हुने भएकाले राजमार्ग निर्माणमा आफूहरूकोे मनोभावनालाई समेटनुपर्ने उनीहरुको माग थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend