शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

विश्वभर ईभी ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत

images
images
images
विश्वभर ईभी ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत

विश्वभर इन्स्टल भएको कुल ब्याट्रीमा सीएटीएल एक्लैको हिस्सा ३७.४ प्रतिशत पुगेको छ। ब्याट्री उत्पादनमा एक तीहाइभन्दा बढी हिस्सा भएको कम्पनी सीएटीएलमात्रै हो।

images
images

काठमाडौं- विद्युतीय सवारीको ब्याट्री उत्पादनमा चिनियाँ कम्पनी सीएटीएल सबैभन्दा अगाडि रहेको छ। विश्वभर उत्पादन हुने ईभी ब्याट्रीमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत रहेको छ। 

images
images
images

दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनई रिसर्चका अनुसार २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा विश्वभर विद्युतीय सवारीमा ६ सय २४.४ जीडब्लूएच ब्याट्री खपत भएको थियो। यो परिमाण २०२२ को सोही अवधिको तुलनामा ४१.८ प्रतिशतले बढेको हो। २०२२ जनवरीदेखि नोभेम्बरसम्ममा विश्वभर ४ सय ४०.५ जीडब्लूएच ब्याट्री खपत भएको थियो। 

images

२०२३ को ११ महिनामा सीएटीएलले २ सय ३३.४ गिगावाट आवर ब्याट्री इन्स्टल गरेको हो। यो २०२२ को सोही अवधिको तुलनामा ५२.१ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा सीएटीएलले १ सय ५७.४ गिगावाट आवर ब्याट्री इन्स्टल गरेको थियो। 

images

विश्वभर इन्स्टल भएको कुल ब्याट्रीमा सीएटीएल एक्लैको हिस्सा ३७.४ प्रतिशत पुगेको छ। ब्याट्री उत्पादनमा एक तीहाइभन्दा बढी हिस्सा भएको कम्पनी सीएटीएलमात्रै हो। 

images
images

त्यस्तै दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुसनले सो अवधिमा ८४.८ जीडब्लूएच ब्याट्री इन्स्टल गरेको हो। यो २०२२ को जनवरीदेखि नोभेम्बरको तुलनामा ४१.८ प्रतिशतले बढेको हो। कुल ब्याट्री उत्पादनमा एलजी इनर्जी सोलुसनको हिस्सा १३.६ प्रतिशत छ। 

जापानी कम्पनी पानासोनिकको ब्याट्री बजार हिस्सा ६.५ प्रतिशत, कोरियाको एसके आनको ५ प्रतिशत तथा चीनको सीएएलबीको हिस्सा ४.७ प्रतिशत रहेको छ। 

विश्वभर विद्युतीय सवारीको माग बढ्दै गएकाले त्यसमा प्रयोग हुने ब्याट्रीको मागसमेत उल्लेख्य रुपमा बढेको छ। आगामी दिनमा यो अझै बढ्दै जोन अनुमान गरिएको छ। 

images

प्रकाशित : बुधबार, पुस २५ २०८००२:०१

प्रतिक्रिया दिनुहोस