शनिबार, जेठ ५ गते २०८१    
images
images

कुकुरलाई सार्वजनिक स्थानमा दिसापिसाब गराउनेलाई महानगरले कारबाही गर्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २५ २०८०
images
images
कुकुरलाई सार्वजनिक स्थानमा दिसापिसाब गराउनेलाई महानगरले कारबाही गर्दै

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो। उक्त घोषणा घोषणामै सीमित भएको थियो।

images
images

काठमाडौं- घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा दिसापिसाब गराउनेलाई काठमाडौं महानगरपालिकाले कारबाही सुरु गरेको छ। 
 
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए।

images
images
images

पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए। उनले भने, 'यसअघि पनि बेलाबेला काठमाडौं महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो। सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो।'
 
चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो। उक्त घोषणा घोषणामै सीमित भएको थियो। 

images

यसपटक भने काठमाडौं महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ।
 
सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ।

images
images

कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताए।
 
डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए। रासस

images
images


प्रकाशित : बुधबार, पुस २५ २०८००९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend