बुधबार, वैशाख १२ गते २०८१    
images
images

बागमती प्रदेशमा ४ महिनामा ५१ हजार ६ सय दुईपांग्रे सवारी दर्ता, कति उठ्यो राजस्व

images
images
images
बागमती प्रदेशमा ४ महिनामा ५१ हजार ६ सय दुईपांग्रे सवारी दर्ता, कति उठ्यो राजस्व

यो राजस्व नयाँ सवारी दर्ताका साथै नवीकरण र अन्य गैरकर राजस्वबाट संकलन भएको कार्यालयले जनाएको छ।  

images
images

काठमाडौं- बागमती प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलमा चालु आर्थिक वर्षको ४ महिनामा ५१ हजार ६ सय ११ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्।

images
images
images

कोरोना महामारीको प्रभाव न्यून हुँदै गएकाले दुईपांग्रे सवारी किन्नेहरुको संख्या बढ्दै गएको छ। त्यसैका कारण दुईपांग्रे सुवारीको दर्ता बढेको हो।

images

बागमती प्रदेश सरकार अन्तर्गत काठमाडौं र मकवानपुरमा सवारी दर्ता कार्यालय रहेका छन्। मकवानपुरमा ठूला सवारी र मोटरसाइकल/स्कुटर एउटै कार्यालयमा दर्ता हुने गरेको छ। तर काठमाडौंमा भने मोटरसाइकल र साना/ठूला सवारी दर्ताका लागि अलग अलग कार्यालय रहेका छन्। 

images

मकवानपुरमा रहेको कार्यालयमा दुईपांग्रे सवारी भने न्यून संख्यामा दर्ता हुने गरेको छ। बागमती प्रदेशमा चल्ने अधिकांश मोटरसाइकल काठमाडौंकै कार्यालयमा दर्ता हुने गरेको छ।

images
images

साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा ५१ हजार ६ सय ११ वटा मोटरसाइकल तथा स्कुटर दर्ता हुँदा सतुंगल कार्यालयले ९३ करोड ८६ लाख ५२ हजार २ सय १२ रुपैयाँ राजस्व संकलन गरेको छ। यो राजस्व नयाँ सवारी दर्ताका साथै नवीकरण र अन्य गैरकर राजस्वबाट संकलन भएको कार्यालयले जनाएको छ।  

images

प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस