शनिबार, जेठ ५ गते २०८१    
images
images

सर्बिया र पोल्याण्ड जाने प्रलोभनमा पर्दा गुम्यो १५ लाख

images
मंगलबार, पुस २४ २०८०
images
images
सर्बिया र पोल्याण्ड जाने प्रलोभनमा पर्दा गुम्यो १५ लाख

आकर्षक तलबमा वैदेशिक रोजगारी पठाउने प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images

काठमाडौं- सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा रहेका छन्।

images

उनीहरू समेतले वैदेशिक रोजगारीका लागि सर्बिया पठाएर प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विकास घलेलाई काठमाडौं महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाडौं सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो।

images
images

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ।

images
images

यस्तै पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख १५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका- ८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइ प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट डेढ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।


प्रकाशित : मंगलबार, पुस २४ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend