शनिबार, जेठ ५ गते २०८१    
images
images

दूरसञ्चार प्राधिकरणमा पुरुषोत्तम खनालको राजिनामा स्वीकृत, अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू

images
मंगलबार, पुस २४ २०८०
images
images
दूरसञ्चार प्राधिकरणमा पुरुषोत्तम खनालको राजिनामा स्वीकृत, अध्यक्ष नियुक्तिको प्रक्रिया सुरू

मन्त्री भएर आएदेखि नै खनाललाई हटाउन खोजे पनि खनालले अहिले आएर राजिनामा दिएका थिए।

images
images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजिनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। 

images
images
images

आजैमात्र खनालले पदबाट राजिनामा दिएका थिए। विभिन्न खरिद तथा पछिल्लो समय स्मार्टको लाइसेन्स र एनसेलको खरिदको विषयमा मन्त्री रेखा शर्मासँग विवाद भएको थियो। 

images

मन्त्री भएर आएदेखि नै खनाललाई हटाउन खोजे पनि खनालले अहिले आएर राजिनामा दिएका थिए। 

images
images

खनालले राजिनामा दिएपछि अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढाउने निर्णय आजैको मन्त्रिपरिषदले गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाय सचिवको संयोजकत्वमा सिफारिस समिति बनाउने सरकारले निर्णय गरेको छ। समितिले सिफारिस गरेपछि सरकारले अध्यक्ष नियुक्त गर्नेछ। 

images
images

अध्यक्ष नहुँदासम्मका लागि सरकारले बोर्ड सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। यसअघि बोर्ड सदस्यभन्दा प्राधिकरण भित्रकै वरिष्ठ निर्देशकलाई यस्तो जिम्मेवारी दिने चलन थियो। 


प्रकाशित : मंगलबार, पुस २४ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend