शनिबार, जेठ ५ गते २०८१    
images
images

४७ किलो अवैध चाँदीसहित तीनजना पक्राउ

images
मंगलबार, पुस २४ २०८०
images
images
४७ किलो अवैध चाँदीसहित तीनजना पक्राउ

राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

images
images

काठमाडौं- महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका-३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनीष सर्राफ रहेका छन्।

images

भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि गरी बिल-बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

images
images

राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

images
images


प्रकाशित : मंगलबार, पुस २४ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend