शनिबार, जेठ ५ गते २०८१    
images
images

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

images
मंगलबार, पुस २४ २०८०
images
images
बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

बेनी-९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउने योजना अन्तिम चरणमा छ।

images
images

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ। बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो। हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुरु भएको हो।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोड रूपैयाँको लागतमा योजना सञ्चालन गरेको छ।

images

बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए। 'गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुने चरणमा छन्,' उनले भने, 'बेनी नगरपालिका-२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ।'

images
images

नौ करोड ४५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको रौताह-बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका-८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ। सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो।

images
images

मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन पाँच करोड ७७ लाख रूपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ। बेनी नगरपालिका-२ स्थित बेनी-बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन दुई करोड ३० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ।

बेनी-९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटीले दुई करोड ६८ लाख रूपैयाँमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ। जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाख रूपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका-२ को राममन्दिरमा पक्की पर्खाल बनाउन चार करोड ३२ लाख रूपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ।

पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ। गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुरु गरेको छ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदूर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए। निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताए। नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब तीन सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन्। रासस


प्रकाशित : मंगलबार, पुस २४ २०८००४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend