शनिबार, जेठ ५ गते २०८१    
images
images

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : परराष्ट्रमन्त्री

images
मंगलबार, पुस २४ २०८०
images
images
पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : परराष्ट्रमन्त्री

'परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ,' परराष्ट्रमन्त्री एनपी साउदले भने, 'यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सिर्जना हुन्छन्।'

images
images

महेन्द्रनगर- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन्।

images
images
images

हालै नेपाल भ्रमणमा आका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै परराष्ट्रमन्त्री साउदले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको जानकारी बताए।

images

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनमा उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गराए।

images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गरेको उल्लेख गर्दै उनले भने, 'परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ,' मन्त्री साउदले भने, 'यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सृजना हुन्छन्।'

images
images

दश वर्षभित्र दश हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै परराष्ट्रमन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताए।

फरक प्रसङ्गमा मन्त्री साउदले रुस-युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उनले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिए। सरकारले रुसी सेनामा भर्ती नहुन गरेको अनुरोधका बाबजुद केही नेपाली त्यहाँ भर्ती भएका र युद्धमा ज्यान गुमाएका बताए।

'विद्यार्थी र भिजिट भिषामा रुसमा दुई सयजना रहेका अनुमान गरिएको छ', उनले भने, 'जोखिमयुक्त मुलुकमा रोजगारीका लागि नेपालीलाई पठाउने सरकारको नीति छैन।'

रुसमा रहेकालाई सकुशल फिर्ता ल्याउने, शव ल्याउने र घाइतेको उद्धार गर्ने प्रयत्न भइरहेको जानकारी दिए। त्यसैगरी, आतंकवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको बताउँदै त्यसमा कतारबाट पनि सहयोग हुने आश्वसान प्राप्त गरेको जानकारी दिए।

मन्त्री साउदले तीनवटै तहका सरकारले जनअपेक्षा पूरा गर्न इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, पुस २४ २०८००३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend