आइतबार, जेठ ६ गते २०८१    
images
images

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

images
मंगलबार, पुस २४ २०८०
images
images
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको जानकारी दिए।

images
images

महेन्द्रनगर- कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ।

images
images
images

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको जानकारी दिए।

images

सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो।

images
images

'यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन्। दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो', नासु भट्टले भने, 'तर अझै नाका भने सहज गरिएको छैन।'

images
images

यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उनले जानकारी दिए। 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,' नासु भट्टले भने, 'केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ।'

त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसित पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य संघलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए।

जिल्ला उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य संघले पहल गरे पनि सुनुवाइ नभएको बताए। 'पर्यटकलाई नेपाल भित्रिँदा पनि २५ हजार रूपैयाँभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ,' उनले भने, 'त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ।' रासस


प्रकाशित : मंगलबार, पुस २४ २०८००२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend