बिहीबार , पुस ११ गते २०८१    
images
images

आम्दानीको राम्रो स्रोत बन्दै बट्टाईपालन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
images
आम्दानीको राम्रो स्रोत बन्दै बट्टाईपालन
images
images

फुङ्लिङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ का प्रेमसिंह तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन्। उनी सदरमुकाममा रहेको मेकानिकल पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन्। 

images
images
images

उनले सातामा चार हजार रुपैयाँको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन्। बजारमा प्रतिअण्डा दश रुपैयाँमा बिक्री हुँदै आएको छ। मासुका लागि एउटा बट्टाई २ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको तामाङले बताए। लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो। उनले अहिले घरमा ३ सय भन्दा बढी बट्टाई पाल्दै आएका छन्। 

images

राम्रो आम्दानीको स्रोतसँगै घरको सन्दर्यसमेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङको भनाइ छ। उनले भने, 'अन्य जिल्लाबाट चल्ला ल्याउन पर्थ्यो। बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु।' तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गरे। 

images
images

कृषि क्षेत्रमा राम्रो सम्भावना देखिर फुङ्लिङ नगरपालिका-५ का डिल्ली लिम्बूले एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर अहिले कृषि क्षेत्रमा रमाउन थालेका छन्। लिम्बूले पसल बेचेर फुङ्लिङ नगरपालिका-८ मा १०० रोपनी जग्गा खरिद गरेर व्यावसायिक रुपमा मुक्कुमलुङ मोल्टी कृषि फार्म स्थापन गरेसँगै बट्टाई पालन गर्दै आएका छन्।

लिम्बूले लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर, फलफूलतर्फ केरा, सन्तला, कागतीलागयत व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन्। त्यसमध्ये बट्टाई पनि एक शाखाको रुपमा व्यावसायिक पालन गर्दै आएको उनले बताए। अहिले र्फाममा ५०० को हाराहारीमा बट्टाई रहेको उनको भनाइ छ। दैनिक ९० भन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ। 

मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ। सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालनप्रति किसानको आकर्षण बडेको प्रेमससिं तामाङले बताए। 'यो चरा चिसो मौसममा बढी बिक्री हुनेरहेछ। घरमै खानका लागि किन्ने धेरै आउँछन्', उनले भने, 'बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ।'

बट्टाईपालनका लागि थोरै लगानीबाट सुरु गर्न सकिने र डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाई चरा राम्रो आम्दानीको स्रोत बन्दै गएको लिम्बूको भनाइ छ। 'अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ', उनले भने, 'अहिले व्यावसायिकरुपमा चल्ला उत्पादन गर्दै आएको छु।' सानो ठाउँ सानो लगानी र कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले बट्टाईपालनप्रति आकर्षण बढ्दै गएको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend