शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अस्ट्रेलियामा टोयोटा हाइलक्सलाई उछिन्दै फोर्ड रेन्जर बन्यो धेरै बिक्री हुने गाडी

images
images
images
अस्ट्रेलियामा टोयोटा हाइलक्सलाई उछिन्दै फोर्ड रेन्जर बन्यो धेरै बिक्री हुने गाडी

२०२३ मा फोर्डले अस्ट्रेलियामा ८७ हजार ८ सय वटा सवारी बिक्री गरेको हो जुन २०२२ को तुलनामा ३१.८ प्रतिशत धेरै हो।

images
images

काठमाडौं- अमेरिकी सवारी उत्पादक कम्पनी फोर्डले उत्पादन गरेको रेन्जर अस्ट्रेलियाको सबैभन्दा धेरै बिक्री हुने सवारी बनेको छ। २०२३ को बिक्री संख्याका आधारमा फोर्ड रेन्जर सर्वाधिक बिक्री हुने सवारी बनेको हो। 

images
images
images

यसअघि विगल लामो समयदेखि जापानी कार उत्पादक कम्पनी टोयोटाको हाइलक्स सर्वाधिक बिक्री हुने सवारीको सूचीमा रहँदै आएको थियो। अस्ट्रेलियामा २८ वर्षदेखि सर्वाधिक बिक्री हुने सवारीको सूचीमा टोयोटा हाइलक्स थियो। २०२३ मा उक्त सूचीमा फोर्ड रेन्ज आएको हो। 

images

२०२३ मा अस्ट्रेलियामा फोर्डले ६३ हजार ३ सय ५६ वटा रेन्जर बिक्री गरेको हो। यो संख्या २०२२ को तुलनामा ३३ प्रतिशत धेरै भएको कारएक्सपर्टले लेखेको छ। 

images

त्यस्तै टोयोटा हाइलक्स २०२३ मा अस्ट्रेलियामा ६१ हजार १ सय ११ वटा बिक्री भएको हो। यो २०२२ को तुलनामा ५ प्रतिशत कम हो। अस्ट्रेलियमा फोरइन्टुफोर सेगमेन्टका पिकअपको माग धेरै रहेको छ। फोर्डको पिकअप उपयुक्त मूल्यमा आकर्षक भएकाले पछिल्लो केही वर्षयता रेन्जरको बिक्री निरन्तर बढी रहेको थियो। 

images
images

यद्यपी २०२३ हाइलक्सका लागि राम्रै रहेको छ। हाइलक्सको बिक्री अस्ट्रेलियाको इतिहासमा २०२३ मा दोस्रो पटक ६० हजारभन्दा धेरै बिक्री तथ्यांक बनाउन सफल भएको हो। 

रेन्जरको बिक्री बढेसँगै २०२३ मा फोर्ड अस्ट्रेलियाको सर्वाधिक सवारी बिक्री हुने ब्रान्डमा तेस्रो स्थानमा पुगेको छ। २०२३ मा फोर्डले अस्ट्रेलियामा ८७ हजार ८ सय वटा सवारी बिक्री गरेको हो जुन २०२२ को तुलनामा ३१.८ प्रतिशत धेरै हो।

यता टोयोटा अस्ट्रेलियामा सर्वाधिक बिक्री हुने सवारी ब्रान्डमा पर्छ। २०२३ मा टोयोटाले अस्ट्रेलियामा २ लाख १५ हजार २ सय ४० वटा सवारी बिक्री गर्दा दोस्रो स्थानमा रहेको माज्याले १ लाख ८ वटा सवारी बिक्री गरेको हो। 

अस्ट्रेलियामा २०२३ मा हालसम्मकै सबैभन्दा धेरै १२ लाख १६ हजार ७ सय ८० वटा सवारी बिक्री गरेको थियो। २०१७ मा सबैभन्दा धेरै ११ लाख ८९ हजार १ सय १६ वटा सवारी बिक्री भएको थियो। 

२०२३ मा अस्ट्रेलियामा धेरै बिक्री भएका सवारी मोडल

१. फोर्ड रेन्जर- ६३ हजार ३ सय ५६

२. टोयोटा हाइलक्स- ६१ हजार १ सय ११

३. इसुजु डिम्याक्स- ३१ हजार २ सय २

४. टोयोटा र्‍याभफोर- २९ हजार ६ सय २७

५. एमजी जेडएस- २९ हजार २ सय ५८

६. टेस्ला मोडल वाई- २८ हजार ७ सय ६९

७. टोयोटा ल्यान्डक्रुजर- २६ हजार ४ सय ४९

८. मित्सुबिसी आउटल्यान्डर- २४ हजार २ सय ६३

९. माज्दा सीएक्स फाइभ- २३ हजार ८३

१०. हुन्डाई टुसान- २१ हजार २ सय २४

फोर्डको रेन्जर नेपाली बजारमा पनि उपलब्ध रहेको छ। फोर्डकाका सवारी नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले बिक्री गर्र्दै आएको छ।

जीओ अटोमोबाईल्सले गत वर्ष नयाँ रेन्जर बजारमा ल्याएको थियो। २.० लिटर  सिंगल टर्बाे र बाई टर्बाेयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर भित्रिएको थियो।

फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एसियाली मुलुकहरुमा सबैभन्दा रुचाइएको पिकअप ट्रक मध्ये पर्दछ। यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको हो।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा (अन रोड होस् या अफ रोड) आनन्ददायी सवार प्रदान गर्नेमा उपभोक्ता विश्वस्त छन्। यसको अविश्वसनीय अफ रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने विश्वास कम्पनीको छ। 

नेपालमा नेक्स्ट जेन फोर्ड रेन्जरको मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ करोड १९ लाख ९० हजार र वाइल्डट्राकका लागि १ करोड ४५ लाख ९० हजार रुपैयाँ तोकेको थियो। 

images

प्रकाशित : मंगलबार, पुस २४ २०८००१:१६

प्रतिक्रिया दिनुहोस