बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

११ करोड खर्चिएर चैनपुरमा खानेपानी

images
सोमबार, पुस २३ २०८०
images
११ करोड खर्चिएर चैनपुरमा खानेपानी

बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो। मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए।

images
images

भोजपुर- सङ्खुवासभाको चैनपुर नगरपालिका-११ मा ११ करोड ११ लाख रूपैयाँ खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ। उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन्। 

images
images
images

गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो। मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो। बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो। मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए।

images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो। आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ।

images
images

'केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ', उनले भने। बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए। झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन्। 

आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ', डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने। आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend