बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पोखरामा पुस २५ र २६ मा जलपक्षी गणना गरिने

images
सोमबार, पुस २३ २०८०
images
पोखरामा पुस २५ र २६ मा जलपक्षी गणना गरिने

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने छ।

images
images

गण्डकी- पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पक्षीको गणना गरिने भएको छ। समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीको अवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्यांक संकलन गर्ने उद्देश्यले पक्षी गणना गरिने भएको हो।

images
images
images

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपक्षी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए। उनका अनुसार नेपालमा सन् १९८७ देखि जलपक्षी गणना सुरु गरिएको हो।

images
images

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपक्षी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पक्षी संरक्षण संघअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पक्षी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताए।

images
images

उपत्यकाले जलपक्षी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए। उनका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपक्षी रहेका छन्। 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए।

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताए। रासस


प्रकाशित : सोमबार, पुस २३ २०८०१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend