सोमबार, वैशाख १७ गते २०८१    
images
images

उद्योगमा लाइन जोड्न माग गर्दै भैरहवा क्षेत्रका ४० उद्योगमा उद्याेगीले लगाए ताला, पूर्वका पनि आन्दोलित

images
images
images
उद्योगमा लाइन जोड्न माग गर्दै भैरहवा क्षेत्रका ४० उद्योगमा उद्याेगीले लगाए ताला, पूर्वका पनि आन्दोलित

नेपाल विद्युत प्राधिकरणले ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ। प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ।

images
images

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विवाद मिलाउन छाडेर उद्योगको लाइन काटिएको भन्दै भैरहवा क्षेत्रका उद्योगीहरुले ४० उद्योगमा आफैले ताला लगाएका छन्। लाइन जोड्न माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका उद्योगी तथा मजदूरहरूहरुले ४० उद्योगमा ताला लगाएका हुन्।

images
images
images

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले बुटवल-भैरहवा करिडोरमा प्राधिकरणले लाइन काटेका ४, बिल पठाएका १७ र यी उद्योगको पीडामा साथमै छौँ भनेर बन्द गरिएका १९ गरी कुल ४० उद्योग बन्द भएको जानकारी दिए। एउटा करिडोरका ४० वटा उद्योगहरु बन्द हुँदा सयौँ मजदूरको रोजगारी गुम्नसक्ने खतरामा समेत सरकार मूकदर्शक भएको आरोप श्रेष्ठले लगाए।

images

आइतबार भैरहवा क्षेत्रमा मजदूरहरुले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्द प्रदर्शन नै गरेका थिए। सोमबार पनि मजदूरहरुले विभिन्न क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। 

images

प्राधिकरणको कदमको विरोध गर्दै घराना फुड्स, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लाष्ट, एसआर फुड्स, यशोदा फुड, गोयनका फुड्स, एभरेष्ट रोलिङ इण्डष्ट्रिज र सोना प्याकेजिङ इण्डष्ट्रिज उद्योग बन्द गरिएका हुन् ।

images
images

उद्योगीहरुले एसआर स्टिल, शुभलक्ष्मी पोलिमर्स, सोना पोलिमर्स इण्डष्ट्रिज, नेशनल रवर इण्डष्ट्रिज, नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज, जय दुर्गा प्लाष्टिक इण्डष्ट्रिज, श्याम प्लाष्टिक उद्योग, एजी हेल्थ इण्डष्ट्रिज, जीवी टेक्सटाइल उद्योग र भलवारी चामल कारखाना पनि बन्द गरेका छन्। उद्योगहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन उद्योगीहरुले स्वतःस्फुर्त रुपमा उद्योग बन्द गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

उता विराटनगर लगायतका पूर्वी औद्योगिक क्षेत्रमा पनि लाइन काटिएको विरोधमा उद्योगी र मजदूरहरुले प्रदर्शन सुरु गरेका छन्। नेपाल विद्युत प्राधिकरणले दुईसाता अगाडिदेखि पटक पटक गरी २३ उद्योगमा बिजुलीको लाइन काटेको छ। जसका कारण सबैभन्दा बढी भैरहवा र पूर्वी क्षेत्रका उद्योगी मारमा परेका छन्।

नेपाल विद्युत प्राधिकरणले ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ।प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ। यसले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा असर पारेको छ। भैरहवा क्षेत्रमा ६१ मध्ये ३१ उद्योग रहेका छन्। प्राधिकरणले काटेका र २३ मध्ये अधिकांश भैरहवा क्षेत्रका उद्योग रहेका छन्। बाँकी लाइन काटिनेमा पनि भैरहवा क्षेत्रमै पर्ने देखिएको छ। 

लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत जिबी टेक्सटाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, एभरेष्ट रेलिंग मिल, सोना पोलिमर्स रहेका छन्।

त्यस्तैगरी विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स सिद्धार्थ पेटप्लास्ट, सोना प्याकेजिङ, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील, एस आर स्टील पनि भैरहवा क्षेत्रमै रहेका छन्।

त्यस्तैगरी नव नेपाल प्लाष्टिक, शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर इण्डस्ट्रीज, जयदुर्गा प्लाष्टिक इण्डस्ट्रिज, यशोधा फुड, ए.जी हेल्थ इण्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, सिद्धीलक्ष्मी स्टिल र लक्ष्मी स्टिल गरी ३१ उद्योग रहेका छन्। 

images

प्रकाशित : सोमबार, पुस २३ २०८००१:५५

प्रतिक्रिया दिनुहोस