मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

विज्ञापन संघको कार्यसमितिमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्विरोध

images
सोमबार, पुस २३ २०८०
images
images
विज्ञापन संघको कार्यसमितिमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्विरोध

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

images
images

काठमाडौं- नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति बनेको छ। संघको २४औँ वार्षिक साधारण सभाले संघको ११औँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।

images
images

पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध र सदस्य सातजना निर्वाचित भएका छन्। संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

images
images

प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्षमा पकज लाल प्रधान, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन्। यस्तै अरुणकाजी स्थापित,  रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल सदस्यमा निर्वाचित भएका छन्।

images
images
images

संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन्। निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको संघले जनाएको छ। सबै क्षेत्र समेटिएको यो कार्यसमिति तिन वर्षका लागि निर्वाचित भएका हुन्।


प्रकाशित : सोमबार, पुस २३ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend