आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

शंकास्पद देखिएपछि आयातित शिशु आहारको गुणस्तर परीक्षण गर्दै सरकार

images
सोमबार, पुस २३ २०८०
images
images
शंकास्पद देखिएपछि आयातित शिशु आहारको गुणस्तर परीक्षण गर्दै सरकार

'नेपाललाई जंक फुडको पनि डम्पिङ बनाउन खोजिएको हुनसक्छ। तर अबको ल्याब परीक्षणबाट यसको पर्दाफास हुनेछ', विभागले स्रोतले भन्यो।

images
images

काठमाडौं- नेपालकै लागि भनेर भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेपछि सरकारले आयातित वस्तुको गुणस्तर परीक्षण सुरु गर्ने भएको छ।

images
images
images

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको चार्डपर्वलक्षित बजार अनुगमनमा विदेशबाट आयातित 'वन्ली फर नेपाल' लेबलिङ गरिएका वस्तुको गुणस्तरमा समस्या रहेको निचोड निकालेको थियो। सोही आधारमा विभागले गुणस्तर परीक्षणका लागि नमुना संकलन सुरु गरेको छ।

images

विभाग स्रोतका अनुसार पहिलो चरणमा शिशु आहारमा प्रयोग भइरहेको खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरिएको छ। विभागले 'स्यारलेक्स' को नमुना संकलन गरी परीक्षणका लागि पठाउन लागेको हो।

images
images
images

विभागले संकलन गरेको नमुनाको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउने तयारी गरेको हो। 'शिशुआहारको बजारबाट नमुना संकलन भइसेकेको छ,' विभाग स्रोतले भन्यो,' अबको केही सातामा नै परीक्षण रिपोर्ट आउने र सोहीअनुसार नयाँ कदम चालिने छ।'

विभागमा वन्ली फर नेपाल भनेर आयातित खाद्यवस्तुको गुणस्तर कमजोर रहेको भन्दै गुनासो परेको थियो। सोही आधारमा विभागले यस विषयलाई निगरानीमा राखेर अगाडि बढेको थियो। एउटै कम्पनीले उत्पादन गरेको उत्पादन नेपाल पठाउने, सम्बन्धित देशमा बिक्री गर्ने र अरु देशमा पठाउने वस्तुबीचको तुलना गर्दा नेपाल आउने वस्तु सबैभन्दा कमसल रहेको विभागको अनुमान छ।

प्रारम्भिक अनुसन्धानबाट यस्तो केस धेरै वस्तुमा देखिएको, त्यो पनि नेपालकै लागि भनेर पठाइएको वस्तुमा यस्तो पाइएको विभागले ठहर गरेको छ। तर यसको थप अनुसन्धान भने बाँकी रहेको छ।

विभागसँग आफ्नै प्रयोगशाला नहुँदा ढिला भइरहेको थियो। अन्तत: विभागले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको ल्याबमा गुणस्तर परीक्षण गर्न लागेको हो। विभागले यसका लागि तीन प्रकारका नमुना संकलन गरेको छ।

कुनै पनि भारतीय कम्पनीले उत्पादन गरेको वस्तु भारतमा बिक्री हुने, अरु देशमा गएको र नेपाल आएको तीन थरीका नमुना संकलन भएको छ। संकलित वस्तुको प्रयोगशाला परीक्षण अन्तिम चरणमा पुगेको छ।

नेपाल प्रवेश गर्ने नाकामा नै वस्तुको गुणस्तर परीक्षण हुनुपर्ने भएपनि नभएको र भएकाहरुको हकमा पनि शंका उत्पन्न भएको विभाग स्रोतको दाबी छ।

'गुणस्तरहीन तथा ‍मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वस्तुको आयात तथा व्यापार रोक्नु आवश्यक छ। सरकार अब उपभोक्ताको जनस्वास्थ्यमा खेलबाड हुने गरी वस्तु आयात रोक्न तत्पर हुनुपर्छ। यसका लागि सबैतिरबाट साथ र सहयोग चाहिन्छ', विभागका महानिर्देशक तीर्थराज चिलुवालले भने, 'वन्ली फर नेपाल' प्रोडक्टको गुणस्तरको विषयमा ल्याब परीक्षणका लागि अन्तिम तयारी भइरहेको सत्य हो।' 

विभागले 'वन्ली फर नेपाल' प्रोडक्टको पहिचान गरेर अहिले नमुना संकलन गरेर ल्याब परीक्षण गर्न लागेको उनले स्वीकार गरे। गुणस्तरहीन तथा मानव स्वास्थ्यमा खेलबाड हुने गरी खाद्य वस्तु ब्रिक्री गर्ने थलो नेपाल हैन, उत्पादक कम्पनीले नेपाल पठाएको वस्तुसँगै अन्य देशमा पठाएको वस्तु र उसले आफ्नै देशका बिक्री गरिरहेको वस्तुको नमुना संकलन गरेर ल्याब परीक्षण गर्ने तयारी भएको उनको भनाइ छ। यो परीक्षणबाट केही न केही तथ्य अवश्य उजागर हुने उनको तर्क छ।

नेपालको खुकुलो मापदण्ड र कमजोर परिपालनाको फाइदा उठाउँदै आयातकर्ता र उत्पादकहरूले कमसल र सी ग्रेडको उत्पादन ल्याइरहेको हुनसक्ने विभागले आशंका गरेको छ। 'नेपाललाई जंक फुडको पनि डम्पिङ बनाउन खोजिएको हुनसक्छ। तर अबको ल्याब परीक्षणबाट यसको पर्दाफास हुनेछ', विभाग स्रोतले भन्यो। 


प्रकाशित : सोमबार, पुस २३ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend