बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

१० वर्षमा उद्योग विभागमार्फत २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता

images
मंगलबार, पुस २४ २०८०
images
images
१० वर्षमा उद्योग विभागमार्फत २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षमा ३८ सय वटा सना, मझौला तथा ठूला उद्योग दर्ता भएका छन्। ३८ सय उद्योगमा २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- पछिल्लो १० वर्षमा उद्योग विभागमार्फत नयाँ उद्योगमा २२ खर्ब ३८ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

images
images

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षमा ३८ सय वटा सना, मझौला तथा ठूला उद्योग दर्ता भएका छन्। ३८ सय उद्योगमा २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता आएको छ।

images
images

सबैभन्दा बढी अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा लगानी प्रतिबद्धता आएको छ। २०७८/०७९ मा ३ खर्ब ३९ अर्बको लगानी प्रतिबद्धता आएको थियो। जुन वर्ष ३ सय ९ वटा उद्योग दर्ता भएका थिए। जसमा कृषि वन पैदावरमा आधारित २१ वटा, ५० वटा ऊर्जामूलक, ११ वटा सूचना प्रविधिमा आधारित, ५ वटा पूर्वाधारमा आधारित, ११५ वटा उत्पादनमूलक उद्योगमा आधारित, २ वटा खनिजमा आधारित, ४६ वटा सेवामूलक उद्योगमा आधारित र ५८ वटा पर्यटनमा आधारित उद्योग दर्ता भएको थियो।

images
images

गत आव २०७९/०८० मा भने उद्योगमा आउने लगानी प्रतिबद्धतामा कमी आएको थियो। गत आवमा अघिल्लो आवको भन्दा सवा एक खर्बले उद्योगमा लगानी प्रतिबद्धता कम भएको थियो। चालु आवमा पनि उद्योगमा लगानी प्रतिबद्धता बढ्न सकेको छैन।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ३ सय २२ वटा उद्योग दर्ता भएका थिए। जसमा ६७ वटा पर्यटनमा आधारित, ६६ वटा सेवामूलक, ४ वटा खनिजमा आधारित, ११४ वटा उत्पादनमूलक, एउटा पूर्वाधारमा आधारित, १६ सूचना प्रविधिमा आधारित, ४५ वटा ऊर्जामा आधारित र ९ वटा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएका थिए। 

कुन वर्ष कति लगानी प्रतिबद्धता?

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७०/०७१ मा २ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। तर २०७२ बैशाख १२ गते गएको भूकम्पको कारण त्यसपछिको २ वर्षसम्म नयाँ उद्योग दर्ता तथा लगानी प्रतिबद्धतामा कमी आएको थियो।

२०७१/०७२ मा १ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ र २०७२/०७३ मा १ खर्ब २० अर्ब ३७ करोड रुपैयाँको मात्रै लगानी प्रतिबद्धता आएको थियो। यसैगरी २०७३/०७४ मा १ खर्ब ६२ अर्ब ९५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। तर २०७४/०७५ मा  लगानी प्रतिबद्धता बढेको थियो। उक्त वर्ष ३ खर्ब २८ अर्ब ५४ रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। 

यसैगरी २०७५/०७६ मा २ खर्ब ८३ अर्ब ३५ करोड, २०७६/०७७ मा १ खर्ब ५२ अर्ब ६२ करोड, २०७७/०७८ मा १ खर्ब ५६ अर्ब ६४ करोड, २०७८/०७९ मा ३ खर्ब ३९ अर्ब ५९ करोड र गत आवमा २ खर्ब १४ अर्ब २२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

investment.png


प्रकाशित : मंगलबार, पुस २४ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend