शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

करण चौधरीको अध्यक्षतामा नाडा केन्द्रीय कार्यसमितिले पायो पूर्णता

आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, राजनबाबु र निराकार उपाध्यक्ष

images
images
images
करण चौधरीको अध्यक्षतामा नाडा केन्द्रीय कार्यसमितिले पायो पूर्णता

सचिव पदमा भने निर्वाचन भएको थियो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिले पूर्णता पाएको छ। आइतबार कार्यसमिति सदस्यहरुमध्येबाट पदाधिकारी चयन भएको हो। 

images
images
images

पुस २० गते काठमाडौंमा सम्पन्न भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७औँ वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो। त्यसैगरी सो साधारण सभाले १७ जना केन्द्रीय कार्यसमिति सदस्यहरुलाई समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो। 

images

आइतबार नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको हो। 

images

निवर्तमान अध्यक्ष ध्रुब थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ। 

images
images

त्यसैगरी सो बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेतीलाई निर्वाचित गरेको हो। सचिव पदमा भने निर्वाचन भएको थियो। सचिव पदमा विक्रम सिंहानिया र यमुना श्रेष्ठको उमेद्वारी गरेको थियो।

पदाधिकारी मध्ये सचिव पदमा मात्र भएको निर्वाचनमा यमुना श्रेष्ठलाई पराजित गर्दै विक्रम सिंहानिया निर्वाचित भएका हुन्। सहमतिबाटै सबै पदाधिकारी चयन गर्ने भनिएपनि सचिव पदमा निर्वाचन भएसँगै यसअघिको सहमतिको बाचा तोडिएको निर्वाचित एक सदस्यले बताए।

कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ। यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको हो। 

साधारण सभाबाट केन्द्रीय कार्यसमितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित भएको थिए। 

नाडाको विधान बमोजिम अध्यक्ष चौधरीले ३ जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्। आइतबार मनोनित हुने सदस्यहरुमा मेघराज पौडेल,  निलमणी पाठक र सोहन श्रेष्ठलाई रहेका छन्।  

images

प्रकाशित : आइतबार, पुस २२ २०८००६:२९

प्रतिक्रिया दिनुहोस