सोमबार, वैशाख १७ गते २०८१    
images
images

प्रसारणलाइन विस्तारसँगै नेपाललाई बंगलादेशमा विद्युत निर्यातको बाटो दिन भारत सहमत

images
images
images
प्रसारणलाइन विस्तारसँगै नेपाललाई बंगलादेशमा विद्युत निर्यातको बाटो दिन भारत सहमत
images
images

काठमाडौं- १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजान सहमत भएको भारत अन्तरदेशीय प्रसारणलाइन विस्तार र बंगलादेशसम्म बिजुली निर्यातको बाटो दिनसमेत सहमत भएको छ। 

images
images
images

नेपाल र भारतबीच प्रसारणलाइनमा महत्वपूर्ण विषयमा सहमति भएको हो। ऊर्जासचिव गोपाल सिग्देलका अनुसार नेपाल र भारत ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औँ बैठकमा ८ वटा महत्वपूण विषयमा सहमति भएको हो।

images

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देल तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा शुत्रबार नेपालको चितवनस्थित मेघौलीमा बैठक सम्पन्न भएको थियो। उक्त बैठकले पुस १८ गते सम्पन्न भएको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरूमा छलफल गरेको थियो।

images

नेपाल-भारत बीचको मौजुदा विद्युत प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरू, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजनाहरू तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत आयात-निर्यात लगायतका विषयहरूमा समहति भएको छ।  

images
images

ढल्केवर सवस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात् हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पुर्‍याउने सम्बन्धमा जेटीटी  मार्फत् अध्ययन गराइने भएको छ।  ढल्केबर-मुजफ्फरपुर  अरुण ३ ले निर्माण गरिरहेको भइरहेको ढल्केवर-सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट आदान-प्रदान गर्न सकिने विद्युतको क्षमता निर्धारण सम्बन्धमा जेटीटीमार्फत् अध्ययन गराइने भएको छ।  

टनकपुर-महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भाव्य विकल्पहरूबारे जेटीटी मार्फत् अध्ययन गराउने सहमति भएको छ।  

१३२ किलोभोल्ट तथा सो भन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको छिमेकी राज्यहरूको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत आयात-निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरण र भारतका अन्य निकायहरूको समन्वयमा तयार गरेको विद्युत आयात-निर्यात गर्ने सम्बन्धी विधि प्रक्रिया स्वीकृत भएको छ।  

नेपाल-भारत बीच इनरवा-पुर्निया र न्यू लुम्की-दोधारा-बरेली ४०० किलोभोल्ट क्षमताका थप दुई वटा अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण कार्य क्रमशः सन् २०२७/२८ र २०२८/२९ सम्ममा सम्पन्न गर्न लगानीको मोडालिटी टुङ्ग्याउनसमेत समहति भएको छ।  

भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको विद्युत आयात-निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षहरूमा छलफल भएको सचिव सिग्देलले जानकारी दिएका छन्।  

नेपाल र भारतबीच विद्युत आयात-निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजका प्रसारण लाइनहरूको अध्ययन गर्न संयुक्त कार्यदललाई निर्देशन दिइएको छ।  

नेपालबाट भारतको डे अहेड मार्केटमा विद्युत निर्यात भइरहेकोमा आगामी दिनमा टम अहेड र  ग्रिन अहेड मार्केटमा विद्युत निर्यात गर्न क्रमश: स्वीकृति दिनसमेत भारत सहमत भएको छ। 

images

प्रकाशित : आइतबार, पुस २२ २०८००६:०५

प्रतिक्रिया दिनुहोस