काठमाडौं- एनएमबी बैंकले बैंक अफ दि एसिया २०२१ अवार्ड पाएको छ।
बेलायतबाट प्रकाशित हुने बैंकर पत्रिकाको निर्णायक मण्डलले 'दि बैंक अफ दि इयर एसिया २०२१' अवार्डको लागि एनएमबी बैंकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता देशका बैंकहरुमध्येबाट एनएमबीले यो अवार्ड पाएको हो।
नेपालबाट यस्तो अवार्ड पाउने पहिलो बैंक एनएमबी बनेको हो।
'द बैंक अफ द इयर २०२१' को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो।
सन् २००० मा स्थापित 'बैंक अफ द इयर अवार्ड' प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ।