आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नाथममा गाभ्ने सरकारको निर्णयमा पूर्वपदाधिकारीहरुको आपत्ति

images
आइतबार, पुस २२ २०८०
images
images
पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नाथममा गाभ्ने सरकारको निर्णयमा पूर्वपदाधिकारीहरुको आपत्ति

शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा नाथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धि समाप्त पार्न खोजेको पूर्वपदाधिकारीहरुको आरोप छ।

images
images

काठमाडौं- सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा गाभ्न लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्। प्रतिष्ठानका पूर्वपदाधिकारीहरुले पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई नाथममा गाभ्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएकोप्रति पदाधिकारीहरुले आपत्ति जनाएका हुन्। दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरुसँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ।

images

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धी प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताइन्। प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्नेमा ठाँउमा खारेज गर्न खोजेर गैरजिम्मेवारपन देखाएको उनको भनाइ छ।

images
images
images

शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापक्ष बनाउँदै लैजानुपर्नेमा नाथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धि समाप्त पार्न खोजेको शेर्पाको आरोप छ। उनले नाथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुवै निकायको भूमिका फरक रहेका कारण गाभ्न नहुने बताइन्।

नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेको आरोप लगाए। पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरुलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई उनले आग्रह गरे।

यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा राज्यले नै निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए। उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउन आग्रह गरे।

प्रतिष्ठानका पूर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए। यस्तै  प्रतिष्ठानका गुडविल एम्बासडर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिए।


प्रकाशित : आइतबार, पुस २२ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend