आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

गुगलमा २०२३ मा सर्वाधिक खोजिएका १० समाचार

images
शनिबार, पुस २१ २०८०
images
images
गुगलमा २०२३ मा सर्वाधिक खोजिएका १० समाचार

गुगल प्रयोगकर्ताहरुले धेरै खोजेको यो समाचार भारतको तेस्रो लुनार-एक्सप्लोरेसन मिसन हो। योसँगै भारत चन्द्रमामा सफलरुपमा पुग्ने चौथो देश बनेको थियो।

images
images

काठमाडौं- अहिलेको विश्वमा सामाजिक सञ्जालको तीव्र विकास भइरहेको छ। विश्वका अधिकांश मानिसको हातमा स्मार्ट फोन उपलब्ध छ। स्मार्ट फोन हुनेहरुका लागि संसारभर भएका घटना, मिम तथा अनेकन प्रकारका भिडियो क्लिप तीव्र गतिमा फैलिन्छ।

images
images
images

यस्ता कुराहरुको फैलावटबाट संसारका मानिसहरुले के चाहिरहेका छन् भन्ने थाहा पाउनै कठिन हुन्छ। सोचेभन्दा फरक र सोच्दै नसोचेका विषयहरु अस्वाभाविक रुपमा ‘भाइरल’ हुँदै आएको छ।

images

हरेक मानिसका चासो र रुची फरक हुन्छन्। २०२३ विश्वभर गुगलमा सबैभन्दा धेरै खोजी भएका १० समाचारबारे भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। २०२३ मा गुगलमा सबैभन्दा धेरै खोजी भएको समाचार हो टर्कीको भूकम्प। २०२३ को फेब्रुअरीमा यो समाचार गुगलमा सर्वाधिक खोजी गरिएको थियो। 

images
images
images

२०२३ को फेब्रुअरीमा टर्कीको दक्षिण भाग र सिरियाका केही भागमा गएको भूकम्पमा ५० हजारले ज्यान गुमाएका थिए भने १० लाख मानिसहरु घरबारविहीन भएका थिए। 

त्यसैगरी दोस्रो धेरै खोजी भएको समाचार नासभिल सुटिक हो। मार्चमा धेरै खोजीको उच्चतम बिन्दुमा पुगेको यो समाचार हत्याको विषयमा थियो। धेरै खोजिएको समाचारको सूचीको तेस्रो स्थानमा सुडान वार रहेको छ। वर्षभर नै खोजी गरिएको यो समाचारको सर्वाधिक खोजी भने अप्रिल अन्तिमतिर भएको थियो। सुडानमा भएको युद्धका कारण लाखौँ मासिनहरुले खाद्यान्न अभाव र युद्ध अपराध झेलिरहेका छन्।

धेरै खोजी हुने समाचारको सूचीमा चौथो स्थानमा टाइटानिक सवमरिनबारे हो। यो समाचारमध्ये जुनमा गुगलमा सर्वाधिक धेरै खोजिएको थियो। समुद्रमा डुबेको टाइटानिकको भग्नावशेष हेर्न भएको पन्डुपी डुबेर त्यसमा सवार सबैको मृत्यु भएको बारेमा उक्त समाचार थियो। 

त्यस्तै गुगलमा सर्वाधिक खोजी गरिएको समाचारको सूचीमा पाँचौँ स्थानमा भारतले चन्द्रमामा पठाएको चन्द्रयान ३ बारेको थियो। यो समाचार जुलाई र अगस्टमा गुगलमा सबैभन्दा धेरै खोजी भएको थियो। यो धेरै खोजी गरिएको सकारात्मक समाचार पनि हो।

गुगल प्रयोगकर्ताहरुले धेरै खोजेको यो समाचार भारतको तेस्रो लुनार-एक्सप्लोरेसन मिसन हो। योसँगै भारत चन्द्रमामा सफल रुपमा पुग्न चौथो देश बनेको थियो।

यसैगरी २०२३ मा विश्व तापक्रम वृद्धिबारे आएको समाचारको खोजी भएको थियो। यसबारे छापिएको तीन समाचारहरु सर्वाधिक खोजी हुनेको सूचीमा रहेको छ।

साथै १५ हजारभन्दा धेरै मानिसको ज्यान जानेगरि भएको इजरायल हमास युद्धको समाचार पनि गुगलमा सर्वाधिक खोजी भएको थियो। २०२३ मा गुगलमा धेरै खोजी गरिएको अर्को समाचार हो माइन सुटिङ हो। यो घटनामा एक व्यक्तिले गोली चलाउँदा १८ जनाभन्दा बढीको ज्यान भएको थियो। 


प्रकाशित : शनिबार, पुस २१ २०८०१६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend