आइतबार, मंसिर ९ गते २०८१    
images
images

धनाढ्यले नै गाडी चढ्ने भएकोले कर पनि सोहीअनुसार लाग्छ : अर्थमन्त्री महत

images
शनिबार, पुस २१ २०८०
images
images
धनाढ्यले नै गाडी चढ्ने भएकोले कर पनि सोहीअनुसार लाग्छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समय सवारी साधनतर्फ थोरै भएपनि भ्यालु एडिसनको काम भइरहेको बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले धनाढ्यले नै गाडी चढ्ने भएकाले कर पनि विगतदेखि नै सोहीअनुसार लाग्दै आएको बताएका छन्।

images
images
images

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अटो मोबाइल इण्डस्ट्रिजमा टायरलगायत अन्य एसोसरिजलगायत आवश्यक वस्तुहरुमा बिस्तारै नेपालले उत्पादन गर्न सुरु गरेको विषयलाई खुशीको रुपमा लिएको बताए।

images

उनले पछिल्लो समय सवारी साधनतर्फ थोरै भएपनि भ्यालु एडिसनको काम भइरहेको पनि बताए। ‘अब जहाँसम्म अर्थ विषयमा करको कुरा छ, हामीले यसको पृष्ठभूमि बुझ्नु जरुरी छ। हाम्रो देश यसै पनि न्यून पूर्वाधारबाट सुरु भएको छ। तपाईँहरुलाई थाहा छ, २००७ साल अगाडि हाम्रो मुलुक बोकेर गाडी उतारेको देश हो,’ अर्थमन्त्री महतले भने, ‘सडक संरचना हुँदै नभएको अवस्थामा गाडी ल्याइएको थियो।’

images

सडक नभएको अवस्थामा गाडी जो कोहीले किन्ने भन्ने कुरै नभएको बताउँदै अर्थमन्त्री महतले गाडी किन्ने हैसियत भएका धनाढय हुने खानेले नै गाडी आयात गर्दै आएको जानकारी दिए। ‘त्यसै हुनाले कर पनि कसलाई लगाउने त? क्षमता भएकैलाई लगाउने त हो। जसको स्यालरी राम्रो थियो। कर तिर्ने क्षमता थियो। जसले विभिन्न स्रोतबाट आम्दानी गरिराख्या हुन्थे। त्यस अर्थमा अटोमोविल प्रयोग गर्नेले तिर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘त्यसले कसरी कहाँबाट ल्यायो, त्यो हिसाब किताब राख्न पनि गाह्रो छ। तपाईँहरुलाई थाहा छ, त्यो विषयमा अलिकति छोयो भने धेरै ठूलो हंगामा हुन्छ।’ यसरी अटोमोबाइलमा भन्सार लगाउने हिस्ट्रि सुरु भएको उनले जानकारी दिए ।

‘यद्यपी तपाईँहरुले भनेजस्तो हाम्रो मिडिल क्लास, बाहिर विदेश जाने क्लास बढेको छ, इनकम रिसोर्सहरु त्यहाँबाट भित्रिएका छन्। त्यसले पनि हाउसहोल्डमा इनकम जेनरेटमा सहयोग गरिराखेको छ,’ उनले भने, ‘पहिले साइकल किन्न नसक्ने अहिले मोटरसाइकल किन्ने सामान्य भइसकेका छन। यो अर्थमा गाडीको पहुँच विस्तार हुँदैछ। यसअर्थमा हामीले त्यही पुरानो कर राख्नु उपयुक्त हुन्छ र भन्ने कुरालाई मैले अस्वाभाविक ठानेको छैन। तथापी अहिले हामी ग्रिनमा जाने कुरा गरिरहेका छौँ।’

नेपालको इकोनोमी ग्रिन इकोनोमी भएको दाबी गर्दै उनले नेपालमा कम्युनिटी फोरेष्टी ४५ प्रतिशतमा पुगेको जानकारी दिए। ‘गाउँबाट सहरमा माइग्रेन्स भएर अहिले फोरेस्टी बढेको छ। वन काटिने, दाउरा बालिने क्रम कम कम भएको छ। यसले गर्दा हाम्रो फोरेष्ट कभर पनि ४५ प्रतिशत बढेको छ,’ उनले भने, ‘यसले हाम्रो अक्सिजन जेनेरेट ग्लोबली बढेको छ। कार्बन उत्पादनमा पनि हाम्रो कन्ट्रीव्युसन क्रणात्मक छ। तर अहिले ग्लोबली ग्रिनमा जानुपर्छ भनेर हाम्रो लागि सहज भएपनि अन्य मुलुकको लागि सहज छैन।’


प्रकाशित : शनिबार, पुस २१ २०८०१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend