शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पीपीए गर्न नआउने १५ आयोजना रोलक्रमबाट हटाइयो, भारतसँगको सम्झौतासँगै आरओआरको पीपीए खुला गर्ने तयारी

images
शुक्रबार, पुस २० २०८०
images
पीपीए गर्न नआउने १५ आयोजना रोलक्रमबाट हटाइयो, भारतसँगको सम्झौतासँगै आरओआरको पीपीए खुला गर्ने तयारी
फाइल तस्बिर

सोअनुसार आफ्नो रोलक्रममा १५ आयोजनाले निर्माण गर्ने २१५.२९९ मेगावाट क्षमताको पीपीएलाई खारेज गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रन अफ दि रिभर (आरओआर) को विद्युत खरिद सम्झौता (पीपीए) गर्न नआउने १५ कम्पनीलाई सूचीबाट हटाएको छ। 

images
images
images

प्राधिकरणले ३५ दिनको सूचनापछिसम्म नआउने आयोजनाको सूची हटाएर नयाँ आउनेका लागि अवसर दिने सूचना प्रकाशित गरेको छ।

images
images

प्राधिकरणको सञ्चालक समितिले २०७९ माघ २६ गते गरेको निर्णयको रोलक्रमका आधारमा पीपीए खुलाएको थियो। जसमा ६ हजार ७ सय ५० मेगावाटको पीपीए रोलक्रममा दिने निर्णय गरेको थियो। 

images
images

सोअनुसार आफ्नो रोलक्रममा १५ आयोजनाले निर्माण गर्ने २१५.२९९ मेगावाट क्षमताको पीपीएलाई खारेज गर्ने निर्णय गरेको छ।

प्राधिकरणले बिहीबार नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै रोलक्रम पनि हटाउने तयारी गरेको छ।

अहिले नै निर्णय नभए पनि अहिले रोलक्रममा ६ हजार ७ सय ५० मेगावाटको सम्झौता गरेपछि नयाँ ढंगले जाने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराइले जानकारी दिए। सम्झौता गर्न नआउनेलाई सूचीबाट हटाएर नयाँलाई अवसर दिँदै जानेसमेत उनले जानकारी दिए।  

विद्युत व्यापार विभागबाट रितपूर्वक आवश्यक कागजातहरू र दस्तावेजसहित निवेदन साथ ३५ दिनभित्र विभागमा सम्पर्क गर्न सूचना प्रकाशित गरीए‌को थियो। उक्त सूचना बमोजिम तोकिए‌को अवधिभित्र निवेदन प्राप्त नभएका एवं प्राप्त निवेदनहरूमा रितपूर्वकका आवश्यक कागजातहरू र दस्तावेज संलग्न नभएका २१५.२२९ मेगावाट क्षमताका विभिन्न १५ वटा आयोजनाहरूलाई रोलक्रमबाट हटाइएको हो।

साथै रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका ततपश्चातका पीपीएका का लागि योग्य आयोजनाहरूलाई १५ दिनभित्र सम्पर्क राख्न आग्रहसमेत गरेको छ।  

यस्तो छ सूचना -


प्रकाशित : शुक्रबार, पुस २० २०८०१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend