शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि, कर्जा प्रवाहले लिन थाल्यो गति

images
शुक्रबार, पुस २० २०८०
images
अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि, कर्जा प्रवाहले लिन थाल्यो गति
images
images

काठमाडौं- पछिल्लो दुई वर्षयता निकै सुस्त बनेको कर्जा प्रवाह मौद्रिक नीतिको पहिलो समीक्षासँगै गति लिन थालेको छ। मौद्रिक समीक्षायता बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न थालेको हो। मौद्रिक समीक्षापश्चात बैंक वित्तीय संस्थाहरूबाट करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

images
images
images

राष्ट्र बैंकले मंसिर २२ गते चालु आर्थिक वर्षको मौद्रिक समीक्षा गरेको थियो। समीक्षामार्फत ब्याजदर घटाउन र कर्जा बढाउन राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको थियो। 

images
images

राष्ट्र बैंकले नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेपछि केही वाणिज्य बैंकहरूले मंसिरमा २ पटकसम्म ब्याजदर घटाएका थिए। जसले गर्दा बैंकहरूको आधारदर घटेर ९.७४ प्रतिशत कायम भएको छ।

images
images

आधार दर घटाउन नसकेका केही बैंकहरूले प्रिमियम दर नै घटाएर ब्याजदर सस्तो बनाएका छन्।

यस्तै राष्ट्र बैंकले सेयर र घरजग्गा कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा कायम गरेको छ।

जोखिमभार घटेसँगै सेयर कर्जा र घरजग्गा व्यवसायमा कर्जाको माग बढ्न थालेको छ। बैंक वित्तीय संस्थाहरूले यि क्षेत्रहरूमा कर्जा दिन थालेका छन्। निरन्तररुपमा घटिरहेको सेयर बजार पछिल्लो समय बढ्न थालेको छ।

यस्तै घरजग्गा व्यवसायीहरूले घरजग्गा मेला आयोजना गरेका छन्। जसले यी क्षेत्रहरू विस्तारै चलायमान हुँदै गएका छन्। ब्याजदर घटिरहेकाले उद्योगी व्यवसायीहरू पनि उत्साहित भएको बैंकर्सहरू दाबी गर्छन्।

पुस महिनामा बैंकहरूलाई कर्जा असुलीको दबाब हुने भएकाले पुसपछि उद्योगी व्यवसायीलाई कर्जा प्रवाह दिने काम अगाडी बढ्ने बैंकर्सको दाबी छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि असुली नबढेकाले केही बैंकहरूले गैरबैंकिङ सम्पत्ति लिलामी गरेरै भएपनि वित्तीय विवरण सकारात्मक देखाउने रणनीतिमा रहेका छन्।

एनआईसी एसिया, नबिललगायत बैंकहरूले धितो लिलामी प्रकृया आक्रामक ढंगबाट अगाडि बढाएका छन्। 

पुस १६ गतेको तुलनामा १७ गते एकैदिन ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

यस्तै सोही दिन प्रणालीमा करिब ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। राष्ट्र बैंकले सेयर कर्जा र घरजग्गाको जोखिमभार घटाएकाले पनि निक्षेप बढेको हो। यी दुबै क्षेत्रको जोखिमभार घट्दा प्रणालीमा करिब ५० अर्ब तरलता थपिएको छ।

जसले गर्दा प्रणालीमा निक्षेप बढेको हो। राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार प्रणालीमा कुल निक्षेप ६० खर्ब ६९ अर्ब र कर्जा प्रवाह ५० खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। 

हाल बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ८०.०९ प्रतिशत कायम भएको छ। यस हिसाबमा हेर्ने हो बैंक वित्तीय संस्थाहरूसँग ६ खर्ब १ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

अनिवार्य नगद मौज्दात(सीआरआर) का आधारमा प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ७ दिने र १४ दिने रिभर्स रिपोमार्फत तरलता प्रशोचन गरिरहेको छ। मंसिर ६ गतेयता राष्ट्र बैंकले करिब २.५ खर्ब रुपैयाँ तरलता खिचेको छ।

जसले गर्दा बैंक वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर राष्ट्र बैंकले कायम गरेको निक्षेप संकलन दरको सीमाभित्रै कायम भएको छ। पुस १६ गतेसम्म अन्तर बैंक ब्याजदर २.८० प्रतिशत रहेकोमा पुस १७ गते बढेर ३.०२ प्रतिशत कायम भएको छ।

प्रणालीमा रहेको अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर निरन्तररुपमा घटेपछि राष्ट्र बैंकले समीक्षामार्फत ब्याजदर कोरिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ। मौद्रिक समीक्षाअघि निक्षेप संकलन दर ४.५ प्रतिशन रहेको थियो।


प्रकाशित : शुक्रबार, पुस २० २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend