काठमाडौं- हुलक विभागले नेपालका पाँच मुख्य सहरमा द्रुत डाँक(कार्गो) सेवा सुरु गरेको छ।
विभागले श्री एयरलाइन्ससँगको सहकार्यमा काठमाडौंबाट विभिन्न पाँच सहरमा आज देखि हवाइ कार्गो सेवा सुरु गरेको हो।
विभागले आजदेखि धनगढी,नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरमा यस्तो सेवा सुरु गरेको हो।
विश्वासनीय र सस्तो सेवा दिनका लागि यो सेवा सुरु गरिएको विभागले जानकारी दिएको छ।