बुधबार, वैशाख २६ गते २०८१    
images
images

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचनासमेत बगाउने चिन्ता

images
बिजनेस न्युज
images
images
नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचनासमेत बगाउने चिन्ता

आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको महानगरप्रमुख रेनु दाहालले बताइन्।

images
images

चितवन- नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो। बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो। उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच-पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएको थियो।

images
images
images

नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर ठेक्का लगाइएका तटबन्धका लागि थप बजेट निकासा नहुँदा काम रोकिएको हो।

images

तटबन्धका लागि चार अर्ब ७२ करोड रूपैयाँ बजेट छुट्याइएकामा विभिन्न चरणको ठेक्काका लागि तीन अर्ब ९५ करोड रूपैयाामा सम्झौता गरिएको थियो। चालु आर्थिक वर्षमा खरिद गुरुयोजनाअनुसार थप एक अर्ब १३ करोड रूपैयाँ आवश्यक पर्नेमा जम्मा १६ करोड ४० लाख रूपैयाँमात्रै बजेट विनियोजन भएको छ। त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ। गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम ४२ करोड ४७ लाख रूपैयाँ बाँकी छ। सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन नसकिएको उनले बताए।

images

आयोजना प्रमुख साहले भने, 'भुक्तानी नपाएका कारण निर्माण कम्पनीहरूले काममा उत्सुकता देखाएका छैनन्।' थप काम गर्न नसक्दा विगत वर्षहरूमा बनेका अपूरो काम आउँदो बर्सातमा बिग्रन सक्ने उनले बताए। कतिपय ठाउँमा तटबन्ध बने पनि संरक्षणका लागि लगाउनुपर्ने ब्लक, जाली, ढुंगा राख्न नपाइएकाले अधुरै भएको उनको भनाइ थियो। आयोजना प्रमुख साहले भने, 'नदीका अपूरो काम पूरा गर्न नसक्दा थप नोक्सान हामीले व्यहोर्नुपर्ने देखिएको छ।'

images
images

नदी तटबन्धका लागि निरन्तर पहल गरिरहेको भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता भई काम भएको निर्माण कम्पनीलाई भुक्तानी गरेर काम अघि बढाउन ताकेता गर्दै आएको छ। महानगरप्रमुख रेनु दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकसँग पटक-पटक यस विषयमा कुरा भएको बताइन्।

आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको उनको भनाइ थियो। महानगरप्रमुख दाहालले भनिन्, 'सकारात्मक आश्वासन प्राप्त भएको छ, मलाई विश्वास छ छिट्टै बजेट निकासा भएर काम सुरु हुन्छ।'
 
कतिपय तटबन्धको काम चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले समय मिलाएर काम गर्नुपर्ने हुन्छ। त्यहाँ नदीमा रहेका जलचरलाई असर नपर्ने गरी समय मिलाउनुपर्ने अवस्था छ। रासस

images

प्रकाशित : ०४:२९
प्रतिक्रिया दिनुहोस