बिहीबार , वैशाख २७ गते २०८१    
images
images

डेडिकेटेड र ट्रंकलाइन विवाद तत्काल समाधान गर्न माग

images
बिजनेस न्युज
images
images
डेडिकेटेड र ट्रंकलाइन विवाद तत्काल समाधान गर्न माग
images
images

काठमाडौं- लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलको विषयलाई तत्काल समाधान गर्न मोरङका तीनवटै उद्योगी व्यवसायीका संगठनले माग गरेका छन्। 

images
images
images

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ, कोशीका अध्यक्ष पवन सारडाले संयुक्त विज्ञप्ति जारी गरी डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न माग गरेका हुन्। 

images

विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाइन काटेपछि मोरङका उद्योगी व्यवसायीहरुले ध्यानाकर्षण जनाएका हुन्। 'उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला? उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व तथा बैंक ब्याज भुक्तानी, बजार श्रृंखलालगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने? यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गाम्भिर्यतालाई आत्मसात गरी न्यायोचित समाधानका लागि अविलम्ब पहल गर्न हुन अनुरोध छ', विज्ञप्तिमा उल्लेख छ।

images

डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलका सम्बन्धमा लामो समयदेखि विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरुबीच हुँदै आएको रस्साकस्सी र आ-आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोज्न माग गरिएको छ।

images
images

विद्युत आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्ब सुचारु गरी सरकार, विद्युत प्राधिकरण र नीजि क्षेत्रसमेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरुपण गरी नीजि क्षेत्रले समेत न्याय अनुभूति गर्नेगरी तत्काल ठोस कदम चाल्न पनि माग गरिको छ।

प्राधिकरणले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ। जसले निर्यातजन्य उद्योगहरू नै बन्द हुने अवस्था रहेको उद्योगीहरूले बताइरहेका छन्। प्राधिकरण भने बक्यौता नतिर्ने सबैको लाइन काट्ने अडानमा छ।

images

प्रकाशित : ०३:१५
प्रतिक्रिया दिनुहोस