आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images
नबिल र बंगलादेश बैंक मर्जरमा ‘ब्रेकथ्रु’ हुँदै

बिनोद चौधरीले एनबी बैंकको ४०.८९ प्रतिशत सेयर खरिद गर्दै, पछि हट्यो दुगड समूह

images
बिहीबार , मंसिर १६ २०७८
images
बिनोद चौधरीले एनबी बैंकको ४०.८९ प्रतिशत सेयर खरिद गर्दै, पछि हट्यो दुगड समूह
images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जरको अन्तिम तयारी भइरहेको छ। जसको लागि नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको बंगलादेशको आईएफआईसी बैंकको सेयर खरिदमा चासो दिएका उद्योगपति बिनोद चौधरीले नै उक्त सेयर किन्ने लगभग पक्का भएको छ। जसको लागि राष्ट्र बैंकले समेत ग्रिन सिंग्नल दिइसकेको छ।  

images
images
images

उक्त सेयर बंगलादेशका सञ्चलाकहरूले एनबी समूहका सदस्यलाई नै बिक्री गर्न चाहेका थिए। तर राष्ट्र बैंकले नदिने भएपछि उक्त संस्थापक सेयरमा चौधरीले चासो दिएका थिए।

images
images

चौधरीले उक्त सेयर लिन सके भने एनबी बैंकको मर्ज नबिल बैंकसँग हुने निश्चित छ। आईएफआईसीको सेयर बिक्रीका लागि बंगलादेशबाट आईएफआईसीको टोलीले एक महिनाकै बीचमा दुई पटक काठमाडौं आएर चौधरीसँग छलफल गरिसकेको छ। 

images
images

एनबी बैंकको सबैभन्दा ठूलो लगानी आईएफआईसी बैंकको रहेको छ। आईएफआईसीले आफ्ने ४०.८९ प्रतिशत सेयर बिक्रीका लागि ताकेता गरिहरको छ। चौधरीले आँखा लगाएको उक्त सेयर खरिदमा दुगड समूहले पनि चासो दिएको छ। 

सनराइज बैंकका संस्थापक मोती दुगडले पनि उक्त सेयर लिएर सनराइजमा एनबी बैंक गाभ्ने गरी केही वार्ता भने गरेका थिए। आईएफआईसीको सेयर खरिद गर्ने समूहको छनोटमा राष्ट्र बैंकको समेत चासो भएकोले यो मर्जर पेचिलो हुने निश्चत छ। 

चौधरीले उक्त सेयर खरिद गरेपछि नबिल बैंक र एनबी बैंकको मर्जको प्रक्रियाका लागि छलफल अगाडि बढ्ने छ। अहिले अन्य मर्जपछि कुनको रेसियो कति हुने भन्ने विषयमा छलफल केन्द्रित हुने छ। अहिले आईएफआईसी बैंकको सेयर खरिद बिक्री नै मुख्य चासो हो।  

दुवै बैंकले अहिले अध्यायन भने थालेका छन्। बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीलाई संयुक्त प्रस्ताव बनाउन दिइएको छ। उक्त प्रस्ताव तयार भएपछि दुवै बैंकका सञ्चालक समितिले अध्ययन गरेपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने छ। 

नेपाल बंगलादेश बैंकमा संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक बंगलादेशी छन्। उक्त सेयर खरिदका लागि बिनोद चौधरी लागेका छन्। सम्भवत: नेपाल राष्ट्र बैंकले अनुमति दिएमा उक्त सेयर चौधरीले हात पार्ने देखिन्छ। 

बैंकहरू मध्येकै अब्बल बैंक मर्जरमा सबैको चासो  

नेपालमा २७ वणिज्य बैंकमध्ये अब्बल मानिन्छ नबिल बैंक। प्रत्येक सूचकमा अगाडि रहेको नबिलको सेयर खरिद गर्न पनि लगानीकर्ताहरू लालायित नै हुने गरेका छन्।  

सोही कारण पनि विगत लामो समयदेखि नबिल बैंकमा गाभिन धेरै बैंकका हल्ला चलाइन्छ। गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) सँग मर्जको हल्ला चलाइएको थियो। एनसीसीसँग पनि नबिलको कुराकानी भएको थियो। मूल्यलगायत धेरै कुरा नमिलेपछि अन्तिम समयमा आएर मर्जर नगर्ने पक्षमा नबिल बैंक पुगेको थियो।

नबिलमा बिनोद चौधरीको बर्चश्व पनि कायम छ। गत वर्ष नबिलसँग मर्जरमा जाने हल्लामा सिभिल बैंकदेखि सेन्चुरी बैंकसमेत रहेका थिए। हल्ला चले पनि खासै प्रक्रिया भने कुनैसँग पनि अगाडि बढेको थिएन। नबिल बैंकले औपचारिक रुपमा कुनै बैंकसँग मर्जर गर्न वा नगर्न लागेको केही बताएको छैन। नबिल बैंकसँग कहिले कुन कहिले कुन बैंक मर्ज हुन लागेको हल्ला चलिरहन्छ। 

बुधबार नबिल बैंकको सेयर १५२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ लाख रुपैयाँ रहेको छ। बैंकको ५२ हप्ता यता अधिकतम १७४० र न्यूनतम ९२० रुपैयाँमा कारोबार भएको छ। यता बंगलादेश बैंकको अन्तिम कारोबार ३६९.८० रुपैयाँमा कारोबार भएको छ। बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। भने ५२ हप्तामा अधिकतम ५१५ र न्यूनतम २४१ रुपैयाँमा कारोबार भएको छ। बैंकले सेयरधनीलाई दिने १५.५० प्रतिशत लाभांश साधारणसभाबाट पारित गरिसकेको छ।  

सूचीकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महँगो नबिल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घटेन। सेयर बजार ६/७ सय अंकले तल झर्दा पनि नबिलको सेयरले दोस्रो बजारका लगानीकर्तालाई आड दियो।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा पनि नबिल नै आगाडि देखियो। नबिलले ३८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। जुन सबैभन्दा धेरै हो। गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ।

विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकले कुनै पनि वर्षमा ३० प्रतिशतभन्दा कम लाभांश दिएको पाइँदैन। अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०१:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend