बुधबार, वैशाख २६ गते २०८१    
images
images

सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

images
बिजनेस न्युज
images
images
सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

सरकारले अनुदानबापतको २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रूपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए।

images
images

सर्लाही- सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन्।जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

images
images
images

जिल्लाका उखु उत्पादक किसानले पटकपटक आन्दोलन गरेपछि सरकारले अनुदानबापतको २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रूपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ। उनका अनुसार गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित छ सय १० रूपैयाँ निर्धारण गरिएको थियो। जसमा पाँच सय ४० चिनी मिल र ७० रूपैयाँ सरकार उपलब्ध गराउने निर्णय भएको थियो। 

images

जिल्लाका उखु उत्पादक किसानका लागि वितरण गर्न बाँकी २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रूपैयाँमध्ये सरकारले दसैँअघि ११ करोड २६ हजार छ सय ३८ रूपैयाँ निकासा गरेको थियो। बाँकी अनुदान रकम सरकारले पठाएपछि उखु उत्पादक किसानको बक्यौता रहेको प्रतिक्विन्टल ४९ रूपैयाँका दरले किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिए। उनले किसानलाई अनुदान रकम खातामा आएको वा नआएको बुझ्न आग्रह समेत गरिएको बताए।

images

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रूपैयाँ निर्धारण गरेको छ। चिनी उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ रूपैयाँ र सरकारले ७० रूपैयाँ गरी प्रतिक्विन्टल छ सय ३५ रूपैयाँ उखु उत्पादक किसानलाई उपलब्ध गराउने निर्णय हो। यस वर्ष मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० रूपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ। रासस

images
images

images

प्रकाशित : ०१:०७
प्रतिक्रिया दिनुहोस