बिहीबार , वैशाख २७ गते २०८१    
images
images

राष्ट्रपतिसँगको भेटवार्तामा भारतीय विदेशमन्त्रीले भने - नेपालका सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहनेछ

images
images
images
राष्ट्रपतिसँगको भेटवार्तामा भारतीय विदेशमन्त्रीले भने - नेपालका सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहनेछ

भारतीय विदेशमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकर आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

images
images
images

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।

images

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए। उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे।

images

सो अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए।

images
images

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशंकर आज बिहान काठमाडौं आएका हुन्। रासस

images

प्रकाशित : बिहीबार , पुस १९ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस