शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नेपाल र भारतबीच २५ वर्षे दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर

१० वर्षभित्र नेपालबाट दैनिक १० हजार मेगावाट बिजुली भारतीय बजारमा

images
बिहीबार , पुस १९ २०८०
images
नेपाल र भारतबीच २५ वर्षे दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर

हाल भारतले नेपाललाई आफ्नो बजारमा ६ सय ३२ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको छ।

images
images

काठमाडौं- नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणको अवसर पारेर दुई देशबीच मध्यम र दीर्घकालीन ऊर्जा बिक्री सम्झौता भएको हो।  

images
images
images

नेपाल-भारतबीच भएको २५ वर्षीय उक्त सम्झौताले विद्युत व्यापारको लागि मार्ग प्रशस्त भएको छ। १० हजार मेगावाट विद्युत् व्यापार सम्झौताले खासगरी नेपालमा उत्पादित बिजुली भारतीय बजारमा सहजै बिक्री हुनेछ।

images
images

नेपाल-भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौता भएको हो।  भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको रोहबरमा दुईपक्षीय सम्झौता भएको हो। 

images
images

अब नेपाल र भारतका विद्युत् व्यापार कम्पनीले मध्यकालीन तथा दीर्घकालीन विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गर्न सक्नेछन्। दुवै देशका सरकारले आवश्यक निर्देशिका, निर्देशन, कार्यविधि, परिपत्रहरू जारी गर्न सक्नेछन्।

हाल भारतले नेपाललाई आफ्नो बजारमा ६ सय ३२ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको छ। भारतले नेपालमा चिनियाँ र पाकिस्तानी संलग्नता भएका आयोजनाहरूबाट उत्पादित विद्युत् निर्यातमा भने रोक लगाएको छ।

भारतीय विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि नेपाल आएका छन्। 

भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकरसहितको टोली बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। विदेशीमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। 

गत जेठ १७ देखि २० सम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गत जेठ १८ गते नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो। 


प्रकाशित : बिहीबार , पुस १९ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend