शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एमजी मोटर्सले भन्यो- विद्युत तार सर्ट भएर जेडएस ईभीमा आगो लाग्यो

images
बिजनेस न्युज
images
images
एमजी मोटर्सले भन्यो- विद्युत तार सर्ट भएर जेडएस ईभीमा आगो लाग्यो
images
images

काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले गत साता भएको एमजी जेडएस ईभीको आगलागीबारे स्पष्ट पारेको छ। कम्पनीले उक्त कारमा तार सर्ट भएका कारण आगलागी भएको जनाएको हो। 

images
images
images

गाडी चार्ज गर्न विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला ठाउँमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजे एक्कासी विद्युतको तार सर्ट भइ आगलागी भएको कम्पनीले उल्लेख गरेको छ। 

images

यसबारेमा कम्पनीले स्थानीय प्रहरी र आफ्नै प्राविधिक टोलीको स्थलगत अवलोकन गरेको जनाएको छ। 

images

जेडएस ईभीमा भएको आगलागी बारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि प्रष्ट्याउन वज्ञिप्ती जारी गरेको छ।

images
images

कम्पनीले भनेको छ- एमजी ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरि विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस कम्पनीले नेपालमा आधिकारिक बिक्रेताको रुपमा आयात गरी बिक्रीवितरण गरिरहेको एमजी कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१-०२७ ख १५८१ नम्बरको : एमजी जेडएस ईभी गाडी मिति २०८०/०९/०९ गते काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भइ नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भइ विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक सञ्जालमा भएको टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ  गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भइ आगलागी भइ पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको/बुझिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि प्रेस विज्ञप्ती जारी गरिएको कम्पनीको भनाइ छ।

mg patra.jpg

images

प्रकाशित : बुधबार, पुस १८ २०८००६:५३
प्रतिक्रिया दिनुहोस