मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

माङसेबुङमा दुई करोड लागतमा चार सिँचाइ कुलो निर्माण

images
बुधबार, पुस १८ २०८०
images
images
माङसेबुङमा दुई करोड लागतमा चार सिँचाइ कुलो निर्माण

माङसेबुङ गाउँपालिका-१ का चारवटा टोलमा दुई करोड १४ लाख रूपैयाँको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको हो।

images
images

फिक्कल- इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाख रूपैयाँको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ। माङसेबुङ गाउँपालिका-१ का चारवटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन्।

images
images

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए। कुलो निर्माण भएपछि एक सय ३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताए।

images
images

स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो। पाटीगाउँमा ४८ लाख, लम्फेवा खोलाबाट ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा ५३ र माङसेबुङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा ६८ लाख रूपैयाँको लागतमा कुलो निर्माण गरिएको हो।

images
images
images

कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०-२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend