मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गर्ने चारजना पक्राउ

images
बुधबार, पुस १८ २०८०
images
images
वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गर्ने चारजना पक्राउ

सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ।

images
images

काठमाडौं- बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन्।

images
images

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बांगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन्।

images
images

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक एक लाख रूपैयाँ तलब प्राप्त हुने प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

images
images
images

यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ। गिरीले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० हजार रूपैयाँ दिलाउने भन्दै उक्त रकम ठगेका हुन्।

यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ।

सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend