बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम

images
बुधबार, पुस १८ २०८०
images
जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम

वनजंगलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जंगली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न किसान बाध्य छन्।

images
images

वीरगञ्ज- जंगली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जंगलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन्।

images
images
images

पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन्।

images
images

वनजंगलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जंगली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले बताए। राष्ट्रिय वनमा घेरवार नहुँदा दिनहुँ जंगली जनावरले बालीनली नष्ट गर्ने गरेको उनको भनाइ छ।

images
images

जंगली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दै आएको जिराभवानीका शंकर महतो बताउँछन्। रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उनले बताए।

बर्सेनि जंगली जनावरले बालीनालीमा क्षति पुर्‍याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेको किसानको गुनासो छ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजंगल आसपास क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउँदै आएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताए। बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जंगल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जंगली जनावरले बढी क्षति पुर्‍याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend