आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयरबजारमा सामान्य सुधार, खरिद बिक्रीमा देखिएन उत्साह तर बढ्ने संकेत

images
बुधबार, मंसिर १५ २०७८
images
सेयरबजारमा सामान्य सुधार, खरिद बिक्रीमा देखिएन उत्साह तर बढ्ने संकेत
images
images

काठमाडौं- बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। बुधबार ५.२८ अंकले बढेर २६३३.६६ बिन्दुमा पुगेको छ। मौद्रिक नीतिको समीक्षापछि घटिरहेको बजारमा बुधबार सामान्य सुधार देखिएको हो।

images
images
images

बुधबार कारोबारमा भने उत्साह देखिएन। ५३ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २० लाख रुपैयाँको कारोबार भएको हो। 

images
images

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा ल्याएपछि घटिरहेको सेयर बजार कारोबारको तेस्रो दिन मंगलबार थामिएको थियो। त्यसअघि मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन मंसिर १२ गते आइतबार ८०.२९ अंकले गिरावट आएको सेयर बजारमा पुन: सोमबार २१.५१ अंकले गिरावट आएको थियो। मंगलबार भने सुरुदेखि बढ्ने र घट्ने भएको बजार अन्तिममा १.६४ अंकले घटेर थामिएको थियो।  

images
images

मौद्रिक नीतिको समीक्षापछि सेयर कर्जाको ४/१२ करोडको सीमा परिमार्जन हुने आशमा लगानीकर्ता रहेका थिए। तर गएको शुक्रबार भएको समीक्षामा पनि नीतिमा परिवर्तन भएन। त्यसले बजार ओरालो लाग्ने अनुमान भइरहेका थिए। तर सेयर विश्लेषकहरूले भने सेयर कर्जाको सीमामा परिवर्तन नभए पनि बजार २६ सय अंकबाट तल नजाने विश्लेषण गरिरहेका थिए। 

विश्लेषकहरूले केही दिन सेयर बजार ओरोलो लागे पनि बजार माथि नै जाने भन्दै लगानीकर्तालाई निराश नहुन आग्रह गर्दै आएका थिए। जसअनुसार बुधबारको बजार नियाल्दा पनि बढ्ने संकेत नै देखिएको छ। 

बजार करेक्सन हुन पर्ने भए पनि अति नै तल झरेको र अब फेरि नयाँ रेकर्डतर्फ अगाडि बढेको विश्लेषकहरू बताउँछन्। तर बजार राम्ररी बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनुपर्ने सेयर विश्लेषकहरूको राय छ।


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend