आइतबार, मंसिर ९ गते २०८१    
images
images

१० हजार मेगावाट विद्युत व्यापारका लागि नेपाल र भारतबीच सम्झौता हुने

प्रधानमन्त्री दाहालको भारत भ्रमणको सात महिनापछि मध्यकालीन तथा दीर्घकालीन सम्झौता

images
बुधबार, पुस १८ २०८०
images
images
१० हजार मेगावाट विद्युत व्यापारका लागि नेपाल र भारतबीच सम्झौता हुने
images
images

काठमाडौं- नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा बिहीबार सम्झौता हुने भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदै छन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशीमन्त्री जयशंकरको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको हो।

images
images
images

नेपाल-भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौता हुने भएको छ। भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच सम्झौता पत्रमा हस्ताक्षर हुने छ। 

images

सम्झौताअन्तर्गत भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ। हस्ताक्षर भएपछि यसकै आधारमा नेपाल र भारतका विद्युत् व्यापार कम्पनीले मध्यकालीन तथा दीर्घकालीन विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गर्न सक्नेछन्। दुवै देशका सरकारले आवश्यक निर्देशिका, निर्देशन, कार्यविधि, परिपत्रहरू जारी गर्न सक्नेछन्।

images

गत जेठ १७ देखि २० सम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गत जेठ १८ गते नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । त्यसलाई टुंगोमा पुर्‍याउन सात महिनापछि सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो।  

एक सय ३२ केभी क्षमताका नेपाल-भारत तीन अन्तरदेशीय प्रसारणलाइन उद्घाटन गरिने छ। भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल-परवानीपुर र कुशाहा-कटैया तथा भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा-मैनाहिया गरेर तीन अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन गर्न लागिएको हो।

भारतीय विदेश मन्त्री जयशंकरसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउँदै छन्। भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकर सहितको टोली बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन्।


प्रकाशित : बुधबार, पुस १८ २०८०१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend