आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

विकासका लागि विशेष कानून आवश्यक : अर्थमन्त्री

images
बुधबार, मंसिर १५ २०७८
images
विकासका लागि विशेष कानून आवश्यक : अर्थमन्त्री

उनले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ले विकासमा ढिलाइ हुने गरेको भन्दै विकासका लागि विशेष कानुनको आवश्यकता औँल्याए। 

images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए। 

images
images
images

उनले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ले विकासमा ढिलाइ हुने गरेको भन्दै विकासका लागि विशेष कानूनको आवश्यकता औँल्याए। 

images
images

‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ। योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्नेलगायतका कुरा छन्’, उनले भने, ‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ। अहिले त्यसको तयारी भइरहेको छ।’

images
images

अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उनले जानकारी गराए। ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, मन्त्री शर्माले भने, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ।’

यसैबीच मन्त्री शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिए।


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend