आइतबार, भदौ २३ गते २०८१    
images
images

लय समात्दै पर्यटन, एक महिनामै आए २६ हजार विदेशी पर्यटक 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
लय समात्दै पर्यटन, एक महिनामै आए २६ हजार विदेशी पर्यटक 

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बनाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 

images
images

काठमाडौं- पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। 

images
images
images

सन् २०२१ को नोभेम्बरमा २६ हजार १३५ जना  विदेशी नेपाल घुम्न आएका छन्। यो कोरोना सुरु भएपछिको उच्च मासिक पर्यटक आगमन संख्या हो। कोरोना सुरु भएपछि घटेका पर्यटक  सन् २०२१ को अप्रिलमा २२ हजार ३४० जना विदेशी नेपाल आएका थिए।

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपाल सरकारले अप्रिलको अन्तिम सातादेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। सन् २०२१  को १० महिनामा १ लाख ३४ हजार पर्यटक नेपाल आइसकेका छन्।  

images

हाल सामान्य अवस्थाको तुलनामा ९०  प्रतिशत अन्तर्राष्ट्रिय भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। उडान सङ्ख्यामा वृद्धि तथा पछिल्लो समय सरकारले पर्यटकका लागि क्वारेन्टिन  नियममा सहज बनाइदिएपछि अझै पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीको विश्वास छ। 

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बनाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 

 


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend