आइतबार, वैशाख २३ गते २०८१    
images
images

क्यानडा, सिंगापुरलगायत देशमा पठाइदिने भन्दै १० करोडभन्दा बढी ठगी गर्ने एकजना पक्राउ

images
बिजनेस न्युज
images
images
क्यानडा, सिंगापुरलगायत देशमा पठाइदिने भन्दै १० करोडभन्दा बढी ठगी गर्ने एकजना पक्राउ

ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरेको।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

images
images
images

ललितपुर कोन्जोसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

images

काठमाडौं महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमूलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

images

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

images
images

उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीको भनाइ छ। 

images

प्रकाशित : मंगलबार, पुस १७ २०८००५:५५
प्रतिक्रिया दिनुहोस