शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

टेस्लाको विद्युतीय कार २० लाख भारुमै!

images
images
images
टेस्लाको विद्युतीय कार २० लाख भारुमै!

त्यसैगरि चीनबाट ब्याट्री प्याक आयात गर्दा ब्याट्री प्याक ५० किलोवाट आवरभन्दा कम र मोडल पनि घट्न सक्छ। भारतमा बन्ने कार भित्रको इलेक्ट्रोनिक्स तथा सेन्टर डिस्प्ले सानो गर्न सकिने विज्ञहरुले बताएका छन्।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला इंक भारत आउने निश्चित भइसकेको छ। यही जनवरी १० देखि १२ मा गुजरातमा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा एलन मस्कले भारतमा प्लान्ट स्थापनाको घोषणा गर्ने छन्।

images
images
images

यसका लागि टेस्ला सीईओ मस्क भारत आउने छन् र त्यसको तयारी भइसकेको बताइएको छ। तर यसबारे विवरण सार्वजनिक भने गरिएको छैन। टेस्लाले भारतमा कार उत्पादन प्लान्टसहित ब्याट्रीलगायतको ईभी सप्लाइ इकोसिस्टम नै बनाउने बताएको छ। 

images

सो समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा टेस्ला सीईओ मस्कले भारतमा उत्पादन प्लान्टको घोषणा गर्ने छन्। 

images

टेस्लाले हाल प्रिमियम कार उत्पादन गर्दै आएको छ। टेस्लाका कारको मूल्य न्यूनतम ४० हजार डलरभन्दा बढी रहेको छ। तर भारतीय बजारमा मस्कले जुन रुपमा आफ्नो बजार विस्तार हुने अपेक्षा गरेका छन् त्यसका लागि कम मूल्यको मास मार्केट विद्युतीय कार आवश्क पर्छ। 

images
images

टेस्लाले २० लाख भारु मूल्यको कार उत्पादन गर्ने विषयमा भारतमा बहस सुरु भएको छ। अहिले उत्पादनमा रहेको टेस्ला मोडल थ्रीको बजार मूल्य ४० हजार २ सय ४० डलर रहेको द इकोनोमिक टाइम्सले लेखेको छ। यो भनेको करिब ३३ लाख ५० हजार भारु हो। 

यही कार भारतमा आयात गर्ने हो भने यसको मूल्य ६६ लाख भारु पर्छ। भारतमा ४० हजार डलरभन्दा बढी मूल्यका कार आयात गर्दा सतप्रतिशत कर लाग्ने व्यवस्था छ। 

सबै अवस्था यथावत रहेमा टेस्लाले भारतमा वार्षिक ५ लाख विद्युतीय कार बनाउने योजना अघि सारेको छ। भारतको आम बजारलाई लक्षित गरेर टेस्लाले सुरुवाती मूल्य २० लाख भारुमै कार उत्पादन गरेर बिक्री गर्ने विश्वास विज्ञहरुको छ। 

टेस्लाले भारत सरकारले उपलब्ध गराउने सहुलियत तथा करमा मिल्ने लाभ लिन पार्टस तथा ब्याट्री पनि भारतमै बनाउने योजना अघिसारेकाले कम मूल्यको काम बनाउने धेरैको अनुमान छ। भारतको आम बजारका उपभोक्तालाई आकर्षित गर्ने लक्ष्य मस्कले लिएकाले पनि २० लाख भारुमा भारतीय उपभोक्ताले टेस्लाको विद्युतीय कार चढ्ने पाउने अनुमान गरिएको हो। 

आयातमा कर बढी लाग्ने भएकाले टेस्लाले भारतमै कम मूल्यको विद्युतीय कार बनाउने तय गरेको काउन्टरपोइन्ट रिसर्चका विश्लेषक सोउमेन मन्डलले बताएका हुन्। भारतमै उत्पादन गर्ने भएपछि अमेरिकामा बिक्री हुने कारको तुलनामा कम विशेषता राखेर बनाउन सकिने भएकाले पनि लागत कम हुने उनको भनाइ छ। भारतका लागि पूर्ण स्वचालित ड्राइभिङ नचाहिने भएकाले योभन्दा कम लागतको एडीएएस लेवट टू भारतमा उत्पादन हुने कारमा थप गर्न सकिन्छ। जसले लागत कम गर्ने छ। 

त्यसैगरि चीनबाट ब्याट्री प्याक आयात गर्दा ब्याट्री प्याक ५० किलोवाट आवरभन्दा कम र मोडल पनि घट्न सक्छ। भारतमा बन्ने कार भित्रको इलेक्ट्रोनिक्स तथा सेन्टर डिस्प्ले सानो गर्न सकिने विज्ञहरुले बताएका छन्। 

भारतले दिने आकर्षक सहुलियत, कार राखिने विशेषता र अन्य औद्योगिक प्रभावको अहिले विश्लेषण गर्दा टेस्लाले २० लाख भारुमै कार बजारमा ल्याउन सक्ने साइबरमिडिया रिसर्चका विज्ञ प्रभु रामले बताएका छन्।

भारतको अटोमोटिभ उद्योग निक्क प्रतिस्पर्धी हुँदै गइरहेको छ। नीतिगत लाभ, प्रतिस्पर्धी बजारका लागि गर्ने थप लगानी र धेरै मोडलका कार उत्पादन गर्दा टेस्लाका लागि लाभ नै मिल्ने रामको भनाइ छ। 

२०३० सम्म भारतको विद्युतीय कार बजार १ सय अर्ब डलरको हुने र कुल कार बजारमा ईभीको हिस्सा ४० प्रतिशत पुग्ने प्रक्षेपण छ। अब भारत २० लाख भारु मूल्यका विद्युतीय कार उत्पादनको हब नै बन्ने मन्डलले बताएका छन्। 

images

प्रकाशित : मंगलबार, पुस १७ २०८०११:१८

प्रतिक्रिया दिनुहोस