मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द

images
सोमबार, पुस १६ २०८०
images
images
फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द

वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न आग्रह गरिएको छ।

images
images

मकवानपुर- फाखेल-फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो।

images
images

'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल-फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले भने।

images
images

वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरे।

images
images
images

सूचना अधिकारी चापागाईँका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ। रासस


प्रकाशित : सोमबार, पुस १६ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend