आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १६ २०८०
images
images
बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग

त्यस्तै आयोगलाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ महिनाभित्र पेश गर्न भनिएको छ।

images
images

काठमाडौं- सरकारले बालकुमारी घटनाकझ छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको छ। 

images
images
images

पुस १३ का दिन ललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्ने तथा छानबिन गर्न जाँचबुझ आयोग गठन गरिएको हो।

images

उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वएआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ।

images
images
images

आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने कार्यदिशा दिइएको छ। 

त्यस्तै आयोगलाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ महिनाभित्र पेश गर्न भनिएको छ।

बालकुमारी घटनामा दुई युवाको मृत्य भएको थियो भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो। 


प्रकाशित : सोमबार, पुस १६ २०८०१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend