काठमाडौं- संसारका विभिन्न क्षेत्रमा देखिएका क्षेत्रीय असमझदारी, आर्थिक अनिश्चितताको सघन प्रभावसँगै सन् २०२३ सकिएको छ। रुस युक्रेन युद्धसँगै पछिल्लो समय इजरायल र हमासको द्वन्द्वले भूराजनीतिक तनाबलाई बढावा दिए। संसारभरका केन्द्रीय बैंकले बढाएको ब्याजदर, मूल्यवृद्धिले गर्दा अर्थतन्त्रलाई थप अनिश्चित बनाइरहेको थियो।
कोभिडपछि अहिलेसम्म सामान्य हुन नसकेको आपूर्ति श्रृंखला, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण जस्ता कुरामा संसारका शक्तिशाली नेताको ध्यान त्यति धेरै जान सकेन। युद्ध र रक्षा क्षेत्र नै गएको वर्ष पनि मूलधारमै रह्यो।
प्रविधिको क्षेत्रमा आएको जेनेरेटिभ एआईले नयाँ तरंग ल्याइदिएको छ। सन् २०२३ को समीक्षासँगै इकनोमिस्टले सन् २०२४ का लागि अर्थतन्त्रमा देखिने १० ट्रेन्डको प्रक्षेपण गरेको छ। संसारका ६० प्रतिशत देशको तथ्यांकको विश्लेषण गरेर यस्ता ट्रेन्डको प्रक्षेपण गरिएको हो। संसारको कुल गार्हस्थ उत्पादनको ९५ प्रतिशत हिस्सा ओगट्ने अर्थतन्त्रको विश्लेषणबाट यस्तो प्रक्षेपण गरिएको हो।
१) पछिल्लो २ वर्षदेखि संसारको अर्थतन्त्रमा मुख्य ट्रेन्डका रुपमा ब्याजदर रहेको छ। मूल्यवृद्धि र ब्याजदर केन्द्रीय बैंकहरूको टाउको दुखाइको विषय बनिरहेको छ। उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतभन्दा तल नझरी नीतिगत दर नघटाउने अडानमा अमेरिकी केन्द्रीय बैंक अहिले पनि रहेको छ। अमेरिकी फेडसहित संसारभरका केन्द्रीय बैंकले सन् २०२४ मा पनि उपभोक्ता मूल्यवृद्धिकै आधारमा ब्याजदर तय गर्नेछन्। ब्याजदर घट्नसक्ने वा स्थिर रहनसक्ने सम्भावना रहेको छ। यद्यपि ब्याजदर यो वर्ष पनि प्रमुख ट्रेन्डकै रुपमा रहनेछ।
२) जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि ऊर्जा संक्रमण एउटा मुख्य उपकरण हो। यसका लागि संसारभरका देशहरूले नवीकरणीय ऊर्जाको उत्पादन र खपतलाई प्राथमिकता दिँदै आएका छन्। यो वर्ष नवीकरणीय ऊर्जाको उत्पादन र खपतको वृद्धि ऐतिहासिक हुने प्रक्षेपण छ। यसका बाबजुद पनि खनिज इन्धनको प्रयोग र खपत घट्ने भने छैन। यद्यपि खपतको वृद्धिदर भने १ प्रतिशतले बढ्नसक्ने प्रक्षेपण छ।
३) सूचना प्रविधिको क्षेत्रमा यो वर्ष पनि थप विस्तार हुने छ। प्रविधिको प्रयोग र खपतमा हुने खर्च पनि बढ्नेछ भने यसमा नयाँ विकासक्रमले निरन्तरता पाउनेछ। यसमा हुने खर्च कम्तिमा ९ प्रतिशतले बढ्ने देखिन्छ पछिल्लो समयदेखि उपकरणको खपतमा भइरहेको कमी यो वर्ष बढ्ने देखिएको छ। एआईले चर्चाको नयाँ शिखर पाएपनि आम्दानीमा भने खासै प्रगति हुने देखिँदैन।
४) संसारमा अहिले पनि पूर्वाधारमा ४ ट्रिलियन डरको खाडल रहेको छ। विशेषगरि एसिया क्षेत्रमा पूर्वाधारमा लगानी विस्तार हुनेछ। एसियाको खुद लगानी ४ प्रतिशतले विस्तार हुनेछ। लगानी र गतिविधिको केन्द्र एसिया हुनेछ।
५) यो वर्ष विज्ञापन उद्योगको आम्दानी ५ प्रतिशतले बढ्नेछ। यसमा मुख्यत दुई कारण रहेका छन्। अमेरिकी राष्ट्रपतिको चनिर्वाचन र पेरिस ओलम्पिकले यसमा मुख्य भूमिका खेल्नेछन्।
६) विभिन्न क्षेत्रमा देखिएको भूराजनीतिक तनाबकै बीचमा पनि विश्वव्यापी पर्यटनमा वृद्धि हुनेछ। आर्थिक अनिश्चितताकै बीचमा पर्यटन क्षेत्रको आम्दानी १.५ ट्रिलियन डलर हुनेछ।
७) स्वास्थमा खर्च यो वर्ष पनि बढ्नेछ। बढ्दो एजिङ तथा ग्यापका कारणले यो क्षेत्रमा हुने खर्च र दायित्वमा वृद्धि हुनेछ।
८) सदाझै यो वर्ष पनि अमेरिकाले आफ्ना प्रतिस्पर्धी देशलाई काउन्टर दिनका लागि रक्ष सहयाता विस्तारलाई निरन्नतरता दिने छ। सँगै चीनको छिमेका रहेका देशको रक्षा क्षेत्रमा अमेरिकी आपूर्ति र चासो रहनेछ।
९) विद्युतीय सवारी सधानको गतिले यो वर्ष पनि तीव्रता पाउने नै छ। प्रत्येक चार कार बीक्रीमा एउटा प्लगइन हुनेछ। जसमा आधा चीनमा हुनेछ। सरकारी सहायताले यसको विस्तारलाई अझै तीव्र बनाउनेछ। युरोपका कतिपय मुलुकले डिजेलबाट चल्ने साधनलाई सीमित पार्ने घोषणा गरेका छन् यसले पनि प्लगइन ईभीलाई सहयोग गर्नेनछन्। त्यस्तै ब्याट्री प्रविधिमा ठूलो लगानी हुनेछ।
१०) प्रत्येक पाँचौं अफिस खाली हुनेछ अमेरिकामा। यसको मुख्य कारण भनेको ६० प्रतिशत अमेरिकन फार्मले घरबाटै काम गर्ने सुविधा दिनेछन्।