शुक्रबार, असोज ४ गते २०८१    
images
images

बेनीमा सडक अतिक्रमण भएपछि सवारी आगमनै समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
बेनीमा सडक अतिक्रमण भएपछि सवारी आगमनै समस्या

म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ। 

images
images

काठमाडौं-म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ। 

images
images
images

सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ। जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए। 

‘साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ’, उनले भने, ‘त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेका छौँ ।’ बेनीबजार बेनी नगरपालिका–७ र ८ मा पर्छ । न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ ।  

घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरिएको छ। पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपाली बताए। बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मङ्गलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ। त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ । 

images

नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आजदेखि लागू हुने गरी १५ दिनको समय दिएको बताए। ‘बेनी बजारलाई सुन्दर बनाउने अभियान छ’, उनले भने, ‘होडिङ बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ।’

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने बताए। 
रासस


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०२:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend