मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

मातातीर्थ र फाखेल-फर्पिङ सडक दुई महिना बन्द हुने

images
आइतबार, पुस १५ २०८०
images
images
मातातीर्थ र फाखेल-फर्पिङ सडक दुई महिना बन्द हुने

सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलिदेखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको हो।

images
images

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल-फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ।

images
images

कुलेखानी-हुमाने-फाखेल खण्ड र हुमाने-मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (पुस १६ गते बिहान)देखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ।

images
images

उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ। यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी-दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले राससलाई जानकारी दिए। उनका अनुसार भोलि बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौँडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन्।

images
images
images

वैकल्पिक सडकका रुपमा काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, पुस १५ २०८०१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend